इन्द्रेणी संवाददाता
दाङ, २२ फागुन । पश्चिम दाङमा सम्पन्न निःशुल्क स्वास्थ्य शिविरमा चार सय वढीले स्वास्थ्य जाँच गराएका छन् ।

h2

फोटो : शरद रेग्मी

त्यस क्षेत्रका विभिन्न समाजिक संघसंस्थाले वाघमारेमा आयोजना गरेको शिविरमा स्थानीय चार सय वढीले स्वास्थ्य जाँच गराएको ोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष विरु रावतले बताए ।

रोटरी क्लव अफ तुलसीपुर सिटी, रोट्रयाक्ट क्लव अफ तुलसीपुर र लायन्स क्लव अफ दाङको संयुक्त आयोजना गरेको शिविरमा ६ महिनाको बालबालिकादेखि ८५ वर्षसम्मका बृद्धबृद्धाहरुले स्वास्थ्य जाँच गराएका थिए ।

शिविरको तुलसीपुर सि.टी. हस्पिटल प्रा.लि. र पाल्पालीको फर्मले प्राविधिक तथा व्यवस्थापन गरेको थियो । गाउँमै निःशुल्क स्वास्थ्य जाँच गराउन पाउदा स्थानीयहरुले खुशी व्यक्त गरेका थिए ।