फागुन, २१ दाङ ।स्कुल बाट घर फर्किदै गरेकी एक किशोरी माथी कुटपिट भएको छ । पद्मोदय पब्लीक उच्च माध्यामिक विद्यालय भरतपुर कक्षा ९ मा अध्ययणरत घोराही नगरपालिका ९ बाहुनडाँडाँ निवासी कामना परियार माथी कुटपिट भएको हो ।
स्कुले पोषाकमा रहेकी १७ बर्षीय कामना परियारलाई घोराही नगरपालीका २ गैरा गाउँ निवासी प्रविर गौतम र सोही ठाउँ बस्ने रेखबहादुर बुढाथोकीले कुटपिट गरी गम्भिर घाईते वनाएका हुन ।
स्कुलबाट घर फर्कदै गर्दा परियारलाई अश्लिल शब्दले गाली गलौज गर्दै जातीय छुवाछुत हुने खालका अपशब्द प्रयोग गर्दै कुटपिट गरिएको परियारले वताईन ।
घाईते परियारको टाउको, घाँटी,हात, खुट्टा लगायतका विभिन्न स्थानमा चोट लागेको वताएको छ । पिडीत परियारले आबश्यक कारवाहीका लागि प्रहरीमा उजुरी सेमत दिएकी छिन ।
