SAMSUNG CAMERA PICTURES

दाङ, २१  फागुन  । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दाङले आफ्नो १६ औ साधारणसभा देउखुरीको पर्यटकिय क्षेत्र हर्षेडाँडामा पुगेर सम्पन्न गरेको छ । पर्यटकिय क्षेत्रको रुपमा विकास हुँदै गरेको देउखुरीको लालमटिया ५ हर्षेडाँडामा पुगेर नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा दाङले आफ्नो बार्षिक साधारणसभा गरेको हो ।

SAMSUNG CAMERA PICTURES

शाखा अध्यक्ष घनश्याम बरालको अध्यक्षता तथा महासंघ मध्यपश्चिम उपाध्यक्ष भैरवबहादुर रावलको प्रमुख आतिथ्यता एबं केन्द्रिय सदस्य निर्मलकुमार आचार्य र केन्द्रिय महिला सदस्य पवित्रा केसीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले पुस्तक व्यवसाय गौरब गर्न लायक व्यवसाय भएको बताएका छन । जिल्लाको शिक्षाको विकास, सामाजिक चेतना र विद्यालयहरुको शैक्षिक गुणस्तर बृद्धिका लागि पुस्तक व्यवसायीहरुको भुमिका जोडिएको भन्दै आफ्नो व्यवसायलाई व्यवस्थित रुपमा सञ्चालन गर्नुपर्ने बताएका थिए ।

कार्यक्रममा महासंघ जिल्ला शाखाका सचिब प्रकाशकुमार शर्माले सांगठनिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । उहाले २०५३ सालमा नेपालमै पहिलो पटक दाङका देवीप्रसाद गुप्ताले पुस्तक तथा स्टेशनरी व्यवसायी समितिको केन्द्रिय कार्यालयको रुपमा जिल्ला प्रशासन कार्यालय दाङमा दर्ता गराएको उल्लेख गर्नुभयो । अहिले संगठनमा १ सय १० जना व्यवसायीहरु रहेको भन्दै सचिब शर्माले प्रतिबेदनमा वर्षभरी संगठनले गरेका कामहरुको बारेमा जानकारी दिनुभयो । मंसिर ३० देखि पौष ६ गते सम्म सञ्चालन भएको सातौ राष्ट्रिय पुस्तक प्रर्दशनी तथा शैक्षिक महोत्सब भब्य रुपमा सम्पन्न भएको, पुस्तक दिबसको अबसरमा त्रिभुवननगर जेसिज र महिला जेसिजलाई पुस्तक हस्तान्तरण गरेको लगाएतका कार्यक्रमहरु बारेमा जानकारी दिनुभएको छ । यस्तै शाखा कोषाध्यक्ष रुद्रबहादुर डाँगीले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघका मध्यपश्चिम उपाध्यक्ष भैरवबहादुर रावलले राज्यको मुल्यनिति र प्रकाशन गृहबाट पाउने सुविधा घटेका कारण पाठ्यपुस्तक विक्रिवितरणमा दिदै आएको १० प्रतिशत छुट सुविधालाई सुन्यमा झारेको बताउनुभयो । कार्यक्रममा बोल्दै विशिष्ठ अतिथी केन्द्रिय सदस्य निर्मलकुमार आचार्य र महिला केन्द्रिय सदस्य पवित्रा केसीले देशमै पुस्तक व्यवसायीहरुको हकहित र विकासका लागि दाङको भुमिका अत्यन्तै ठुलो रहेको भन्दै त्यसको औचित्यलाई बचाई राख्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखाका प्रेस सल्लाहकार नवीन अभिलाषी, सल्यान शाखाका सचिब डिल्ली केसी, शाखाका तुलसीपुर संयोजक गणेश न्यूरे, घोराही संयोजक होताराम खनाल लगाएतले बोल्नु भएको थियो । देउखुरी संयोजक दीपक भुषालको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको कार्यक्रमको सहजीकरण सचिब प्रकाशकुमार शर्माले गर्नुभएको थियो ।