घोराही फागुण २० । दाङमा सुटिङ भएको चलचित्र परशुरामले घोराहीमा होलीमय साँगीतिक कार्यक्रम गर्ने भएको छ । यही फागुण ३० गते अपरान्ह ३ बजे घोराहीको बालमन्दिरमा कार्यक्रम हुनेछ ।
चलचित्रका नायक किशोर खतिवडा, नायिका जानवी बस्नेत, गायक टंकसिंह क्षेत्री, निर्देशक एनआर घिमिरे, गायीकाहरु भूमिका गिरी, सुशीला गौतमलगायतका कलाकारहरुले कार्यक्रममा विशेष प्रस्तुती राख्नेछन् ।
यसैगरी चर्चित नायीका नम्रता सापकोटाको पनि विशेष उपस्थिति रहनेछ । सो अबसरमा स्थानीय कलाकारहरुले पनि आफ्नो प्रतिभा देखाउनेछन् । सर्वसाधारणहरुसँग होली खेलेर साँगीतिक कार्यक्रम गर्ने गरी कार्यक्रमको तयारी गरिएको चलचित्रले जनाएको छ ।
चलचित्रमा दाङका व्यवसायीहरु खड्ग बुढाथोकी, यादव सैघाली, महेन्द्र बुढाथोकी, राजभक्त राना, पारस बस्नेतको लगानी रहेको छ । चलचित्रको सम्पूर्ण निर्माण कार्य सम्पन्न भइसकेकोे र आउँदो तीजमा चलचित्र प्रदर्शन गर्ने तयारी गरिएको छ ।











