काठमाडौं, १९ फागुन । सरकारले स्थानीय तहको निर्वाचनमा २ लाख २६ हजार सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

indवैशाख ३१ गते हुने निर्वाचनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र म्यादी प्रहरी गरी सवा २ लाख जनशक्ति खटाउने निर्णय भएको हो । यसमध्ये ७५ हजार म्यादी प्रहरी नियुक्ति गरिने छ ।

सेना, प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसनधान विभागबाट १ लाख ५१ हजार जनशक्ति परिचालन गरिने निर्णय भएको छ । अहिले सेनामा करिब १ लाख, प्रहरीमा ७२ हजार, सशस्त्रमा ३७ हजार र अनुसन्धान विभागमा करिब ४ हजार जनशक्ति कार्यरत छन् ।

नियमित शान्तिसुरक्षा तथा कार्यालय÷ब्यारेकमा समेत सुरक्षा तैनाथी गर्नुपर्ने भएकोले निर्वाचनमा प्रहरी र सशस्त्रका करिब ८५ हजार जनशक्ति खटिने छ । कारोवारमा खबर छ । बाँकी ६० हजार भन्दा बढी सैनिक निर्वाचनमा ‘ब्याक फोर्स’मा रहने छ ।

यो जनशक्ति दोस्रो संविधानसभा निर्वाचनको भन्दा बढी संख्या हो । २०७० को निर्वाचनमा १ लाख ८७ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । निर्वाचनमा ६२ हजार सेना, ४८ हजार प्रहरी, ३२ हजार सशस्त्र प्रहरी, ४५ हजार म्यादी प्रहरी र ७५० गुप्तचरका कर्मचारी परिचालित थिए ।