काठमाडौं, १९ फागुन । लामो समयसम्म बीबीसी नेपाली सेवामा प्रमुख भएर काम गरेका रनिन्द्र मिश्रले नयाँ पार्टी खोलेका छन् । जागिर छाडेर राजनीतिमा होमिने घोषणा गरेका मिश्रले ‘साझा पार्टी’ नामक नयाँ पार्टी खोलेका छन् ।

Rabindra-Mishraयो पार्टीको नेतृत्व उनले नै गर्ने छन् । यो पार्टीको चुनाव चिन्ह तराजु प्रस्ताव गरिएको छ । पार्टीको नाम र चुनाव चिन्ह सुरक्षित राख्न बुधबार निर्वाचन आयोगमा निवेदन दिइएको छ ।

यद्यपि, हाललाई दल दर्ताको समय सकिएकाले स्थानीय तह निर्वाचनमा भाग लिन पाउने भने छैन ।