दाङ, १९ फागुन । आज विहान दाङको फूलवारीमा वस र ट्रक आपसमा ठोकिदा घाइते हुनेको संख्या २३ पुगेको छ । बखरीया चोकमा से १ ख १२८७ नम्बरको ट्रक र रा १ प ९४१ नम्बरको वस आपसमा ठोकिएका हुन् ।

Untitled-1 copy

फोटो  :देविराम कुसारी

दुर्घटनामा वसको अगाडीको भागमा वढी क्षति पुगेको र ट्रकमा पनि क्षति पुगेको तुलसीपुर प्रहरीले जनाएको छ । वस तुलसीपुरबाट नेपालगञ्जतर्फ जाँदै गरेको र ट्रक नेपालगञ्जबाट तुलसीपुरतर्फ आउदै गरेको बताइएको छ ।

यसैबीच दुर्घटनामा गम्भीर घाइते वस चालक विरेण चौधरीको मृत्यु भएको छ । उनको उपचारका क्रममा कोहलपुर अस्पतालमा मृत्यु भएको बताइएको छ । घाइते २३ मध्ये केहीको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ भने ६ जनाको कोहलपुरमा उपचारका लागि पठाइएको प्रहरीले जनाएको छ ।