काठमाडौं १९ फागुन । स्ववियुको चुनाव हारेपछि स्याङ्जामा नेपाल विद्यार्थी संघकी नेतृले आत्महत्या गरेकी छन् । सिद्धार्थ बहुमुखी क्याम्पस फेदीखोलामा अध्ययरत २० वर्षीया रिमा क्षेत्रीले आत्महत्या गरेकी हुन् । बुधबार भएको स्ववियु चुनावमा उनी , पराजित भएकी थिइन् ।
सुसाइड नोट लेखेर उनले फेदीखोला-९ डाँडागाउँस्थित आफ्नै घरमा आत्महत्या गरेकी छन् । टिनले छाएको घरको माथिल्लो तलामा उनले सलको पासो लगाएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।
आत्महत्या गर्ने आफ्नो मनसाय नभएपनि पराजय को अपमान साहना नसकेर आफुले आत्महत्या गर्नु परेको उनको सुसाइट नोटमा भेटिएको प्रहरीको भनाइ छ । श्रोत अनलाइन खबर
