काठमाडौँ, १८ फागुन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन प्रस्ताव व्यवस्थापिका–संसद्मा छलफल र मतदानमा ल्याउनसमेत उपयुक्त नभएकाले आफूहरुले पारित गर्न नदिने बताएका छन् ।

KP-oli-talkingएमालेले यही फागुन २१ बाट सञ्चालन गर्ने मेची महाकाली राष्ट्रिय अभियानबारे आज विभिन्न सञ्चारमाध्यमका सम्पादक एवम् वरिष्ठ पत्रकारसँग पार्टीको केन्द्रीय प्रचार विभागले आयोजना गरेको अन्तक्र्रियामा अध्यक्ष ओलीले असन्तुष्ट मधेसी दललाई निर्वाचनमा ल्याउन सो प्रस्ताव टेबल गर्न मात्र दिन प्रधानमन्त्रीको आग्रहका आधारमा प्रस्तुत गर्ने दिन मौन विरोध गरिएको स्मरण गराए ।

उनले राष्ट्रिय एकताविरुद्धको कपटसँग संशोधन सम्बन्धित रहेको दाबी गर्दै प्रस्ताव पारित हुन नदिइने उल्लेख गर्दै भने, “तराई र पहाड पूर्णरुपमा अलग गर्ने उद्देश्य यसमा छ, यो बिल्कुल हुन दिइने छैन ।” पारित नहुँदा निर्वाचनमा नजाने वा पारित हुँदा पनि नमान्ने हो भने किन छलफलमा ल्याउनुप¥यो ?”

एमाले मधेस विरोधी छ भनेर जनतामा भ्रम फैलाइएको गुनासो गर्दै उनले आफ्नो नेतृत्वको सरकारले सम्भवतः अहिलेसम्मकै बढी बजेट मधेसमा विनियोजन गरेको दाबी गरे ।

उनले भने, “संविधान संशोधन नहुँदा जनता अधिकारविहीन हुन्छन् भनेर सिकाइएको छ तर जनताको अधिकारसँग यो संशोधनको कुनै सम्बन्ध छैन । उल्टै स्थानीय तहको अधिकार कटौतीका प्रस्ताव ल्याइएको छ ।”