दाङ,१८ फागुन । नेकपा एमाले सौडियारले घरदैलो अभियान सम्पन्न गरेको छ । नेपालको संविधान कार्यान्वयन,स्थानिय तहको निर्वाचनलाई लक्षित गरी नेकपा एमालेले थालेको बृहत जनदवाव अभियान अन्तरगत सौडियारका सवै वडामा घरदैलो अभियान गरिएको हो ।

नेकपा एमाले सौडियारका अध्यक्ष थुरेन्द्रबहादुर ओलीको नेतृत्वमा फागुन १५ गतेदेखी १८ गते सम्म अभियान सञ्चालन गरिएको हो । अभियानका क्रममा नेकपा एमालेका अध्यक्ष केपी ओली लगायत बरिष्ठ नेताहरुले फागुन ३० गते लमही,घोराही र चैत्र १ गते तुल्सीपुरमा सम्वोधन गर्ने बृहत भेलामा सहभागी हुन निम्तोपत्र समेत पठाइएको थियो ।

अभियानमा नेकपा एमालेका क्षेत्र नम्वर ३ का इञ्चार्ज अमर ओली,क्षेत्र नम्वर ३ का कार्यबाहक अध्यक्ष बिरबहादुर चौधरी लगायत २५ जना बढि नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियो ।