डोटी, १८ फागुन । डोटीको दिपायलमा चलिरहेको सुदूरपश्चिम प्रादेशिक महोत्सवमा ग्यास सिलिन्डर पड्किँदा दुई जना बालक घाइते भएका छन् ।
बेलुन भर्ने ग्यास सिलिन्डर पड्किएर आगलागी हुँदा महोत्सवमा आएका ८ वर्षका कालो नेपाली र १२ वर्षका सिन्डी नेपाली घाइते भएका हुन् । उनीहरुको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बेलुन व्यापारी भारत बिहारका कृष्ण लाललाई प्रहरीले पक्राउ गरेको छ ।
