ritu khanal

समीप आइ तिम्रो पानी पानी बन्नु छ
हैन मानो मन नाप्ने मानी बन्नु छ।

दु:ख कति दिन्छौ देउ सहने छु
तिम्रो अधि म दयाकी खानी बन्नु छ ।

सिक्नु छ मलाई धेरै तिमीबाट प्यारा
त्यसले जानी जानी अज्ञानि बन्नु छ।

राजा सम्बोधन गर्छु म तिमिलाइ
मलाई त तिम्रै मनको रानी बन्नु छ।

तँ, तिमी तपाईं भन जे सुकै मलाई
मायालु मलाई तिम्रै सानी बन्नु छ।

ठग्यो दैबले मलाई दिएर छोटाे आयु
तिम्रै आँखाको मलाई नानी बन्नु छ।।