दाङ १६ फागुन । नेपाल पत्रकार महासंघ दाङ शाखाको नवनिर्वाचित कार्यसमितीले आफ्नो कार्यकालको पदभार ग्रहण गरे लगतै महासंघमा फ्री वाइफ़ाइ सुबिधा जडान गरेको छ ।
सुचना तथा प्रबिधी संगै पत्रकार हरुलाई काम गर्न सजिलो होस् भन्ने उद्दश्यले महासंघको हाता भित्र वाइफ़ाइ सुबिधा राखिएको नवनिर्वाचित अध्यक्ष सबिन प्रियासन ले जानकारी दिए ।
भोली फागुन १७ गते बाट वाइफ़ाइ सुबिधा सम्पूर्ण पत्रकारले प्रयोग गर्न पाउने अध्यक्ष प्रियासनले जानकारी दिए ।