आशन्न स्ववियु चुनावको वातावरण अधिकांश आंगिक क्याम्पसमा अन्योल बन्दै गए पनि काठमाडौं जयबागेश्वरि स्थित कैलाशकुट बहुमुखि क्याम्पसमा भने निर्वाचन तालिका अनुसार नै निर्वाचन प्रक्रिया अघि बढिरहेको छ । २८७ जम्मा मतदाता बिद्यार्थी रहेको उक्त क्याम्पसमा अखिल ( क्रान्तिकारी ) प्रचण्ड, नेबि संघ र अनेरास्ववियु तथा बिप्लब क्रान्तिकारी को संयुक्त प्यानल गरि ४ बिद्यार्थी संगठन चुनावि मैदानमा छन् ।
यस अघिको चुनावमा पनि बिजयि भएको प्रचण्ड निकट अखिल ( क्रान्तिकारी ) ले पदमबहादुर तामाङ को नेतृत्वमा चुनावि प्यानल घोषणा गरेको छ । प्यानलमा प्रत्यक्ष तर्फ सचिवमा मन कुमारी गुरुङ, कोषाध्यक्षमा मिलन भेटुवालूनिरुत्साहितू तथा सदस्यहरूमा क्रमश पुष्पराज चौलागाँई, चमेलि तामाङ र कबिता पनेरू को मनोनयन दर्ता गराएको छ । आम बिद्यार्थी माझ लोकप्रिय छवि भएका र सच्चा बिद्यार्थी भएकाले आफ्नो जित पक्का भएको अध्यक्ष का प्रत्यासि तामाङले बताए ।
नेबि संघको अराजकता र अनेरास्ववियुको खोक्रो राष्ट्रवादलाई आजका सजग बिद्यार्थीहरूले राम्रो संग चिनेको र आम बिद्यार्थीको हक हितमा समर्पित परिबर्तन को संबाहक अखिल ( क्रान्तिकारी ) प्रचण्डको ९९५ जित सुनिश्चित रहेको अध्यक्ष का प्रत्यासि तामाङले जानकारी दिए । देशै भरि आफ्नो संगठनको जित लहर चलिरहेको बेला पराजित मानसिकता बोकेका केही अराजक संगठनले चुनाव हुननदिने षड्यन्त्र गरेकोे र आफ्नो संगठन उक्त षड्यन्त्रको भण्डाफोर गरि बिजयको झण्डा फराउन आतुर रहेको कुरा तामाङले थपे ।
७०५ महिला उम्मेदवार उठाएको अखिल ९क्रान्तिकारी० प्रचण्डको प्रमुख प्रतिद्वन्द्वीको रूपमा काँग्रेस निकट नेबि संघ रहेको छ । नेबि संघका तर्फबाट अध्यक्षका प्रत्यासि सुर्य दाहालूसुरजू को अराजक गतिविधि का कारण चुनाब हुनेमा आशंका रहेको कुरा एक उम्मेदवार ले बताए । सहमतिका लागि प्रशासन र जिम्मेवार बिद्यार्थी संगठन बिच बसेको बैठकमा समेत अश्लील शब्द प्रयोग गर्ने स्वभाबले चुनावी बाताबरण धमिल्याउन खोजेको आरोप उनले लगाए ।
आम बिद्यार्थी अखिल ( क्रान्तिकारी ) प्रचण्डको पक्षमा छन् अब यो चुनावमा आफ्नो बिजय कसैले रोकेर रोक्न नसक्ने कुरा अध्यक्ष का प्रत्यासि तामाङले बताए । उनले भने कैलाशकुटमा क्रान्तिकारीको जित पक्का छ ।
