दाङ १६ फागुन । दलित सञ्जाल त्रिपुर नगर कमिटीले सहयोग रकम हस्तान्तर गरेको छ । रुखबाट लडेर घाइते भएकी  त्रिपुर १२ एकल घरुवा निवासी दलित सञ्चालका सचिव ममता सुनारलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । दलित सञ्जालमा आबद्ध विभिन्न सदस्यहरुबाट संङकलीत आठ हजार रुपैयाँ सुनारलाई हस्तान्तरण गरिएको थियो ।

17012534_256909368099787_1039360661_nसहयोग रकम सुनारको घर एकल घरुवामै आयोजित एक कार्यक्रमका विच प्रदान गरिएको थियो । उक्त रकम दलित सञ्जाल त्रिपुरका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथी नक्षेत्र बहादुर विक विशिष्ट अतिथीहरु दलित सञ्जालका सल्लाहकार झगबहादुर सुनार पत्रकार महासंघ दाङका सदस्य जनक नेपालीले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो ।

त्यस अबसरमा बोल्दै दलित सञ्जाल त्रिपुर नगरका अध्यक्ष नक्षेत्रबहादुर विकले समस्या परेका दलित समुदायका लागि दलित सञ्जाले सहयोग गर्दै आएको वताउनुभयो । समाज परिर्वनका लागि सञ्जालले आफ्नो भुमिका निर्वाह गरेको वताउँदै आगामी दिनमा यसलाई निरन्तरता दिदै जाने वताउनुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका गिरिराज डागी, दलित सञ्जालका सल्लाहकार झगबहादुर सुनार, पत्रकार महासंघ दाङका सदस्य जनक नेपाली घाईते ममता सुनार लगायतले वोल्नु भएको थियो । सञ्जालका वडा अध्यक्ष निमबहादुर विको अध्यक्षताम भउको कार्यक्रमको सञ्चालन कोषाध्यक्ष नरसिङ विकले सञ्चालन गर्नु भएको थियो भने स्वागत उपाध्यक्ष अर्नुन परियारले गर्नु भएको थियो ।