इन्द्रेणी संवाददाता
दाङ, १७ फागुन । नेपाल पर्यटन पत्रकार संघ केन्द्रीय समितिले नेपाल पत्रकार महासंघ दाङ शाखामा नवनिर्वाचित संघका सल्लाहकार, पदाधिकारी र जिल्ला पदाधिकारीहरुलाई सम्मान गरेको छ । आज संघकै कार्यालय दाङको घोराहीमा सम्मान कार्यक्रमको आयोजना गरी खादा र अविर लगाएर सम्मान गरिएको हो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले दाङको पत्रकारिताको गरिमालाई उच्चो राख्न र यहाँको पत्रकारिताको विकासका लागि नयाँ कार्यसमितिले महत्वपूर्ण भूमिका निर्वाह गर्नुमा जोड दिएका थिए । विशेष गरी श्रमजिवी पत्रकारको हकअधिकारका पक्षमा आवाज उठाउनुपर्ने वक्ताहरुको सुझाव थियो ।
कार्यक्रममा प्रमुख अतिथि नेपाल पर्यटन पत्रकार संघ केन्द्रीय कार्यालयका सल्लाहकार प्रेस स्वतन्त्रता सेनानी सुशील गौतमले चुनावले सृजना गरेका तिक्ततालाई विर्सर्दै जिल्लाको पत्रकारिताको विकासका लागि महासंघमा नवनिर्वाचित कार्यसमिति जुटनुपर्ने बताए । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष प्रियासनले आफू निर्वाचित भएकै दिनदेखि पत्रकारहरुको विषयमा केही काम गर्नेका लागि लागिपरेको बताउदै महासंघमा निःशुल्क वाइफाइ जनाड गरिएको जानकारी दिए ।
कार्यक्रममा पत्रकार महासंघ दाङका सल्लाहकार दुर्गालाल केसी, अर्का सल्लाहकार एवं निवर्तमान अध्यक्ष सुदीप गौतम, पत्रकार महासंघ दाङका नवनिर्वाचित अध्यक्ष सविन प्रियासन, केन्द्रीय पार्षद उदय जिएमलगायतले शुभकामना व्यक्त गरेका थिए । संघका अध्यक्ष धनिराम शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण उपाध्यक्ष सन्तोष दहितले गरेका थिए ।
