गोविन्द खड्का
घोराही, १६  फागुन । झण्डै तिन दशक अघि स्वर्गिए भएका गिरीराज उपाध्याएलाई मुर्कुटीका भक्तबहादुर वलीले सम्भिनुभयो । घोराही, मुर्कुटि प्युठान सडक सरोकार समितिका संयोजक समेत रहेका ओलिले उपाध्याएलाई कोदाले ईञ्जिनियर उपमा दिनुभयो । त्यस पछि मात्रै त्यस क्षेत्रका सडकको बारेमा कुरा थाल्नुभयो ।

ghorahi murkutiअहिले सडकमा झण्डै ३५ करोड बढि रकम सुनिश्चितता भएको छ । लोहार पानी गाविसका पुर्व अध्यक्ष समेत रहनुभएका ओलिका अनुसार बजेट पर्नुमा माननिय अर्थ मन्त्रि कृष्ण बहादुर महराको मुख्य भुमिका छ । त्यस संगै आफै फाईल बोकेर दौड्ने पुर्व सामान्य प्रशासन मन्त्रि रेखा शर्माको मेहनत छ । बाटो बनाउनेमा बिशेष चासो राख्दै सहयोग गर्ने सांसद योगेन्द्र चौधरीको लगानी छ । यो अबस्था ल्याउन धेरैले पटक पटक अथक प्रयास गरेका हुन् । ति सबैलाई सम्झिनु अघि उपाध्याएलाई छुटाउनु हुन्न । बाटोबनाउने कल्पना उपाध्याएले गर्नुभएको हो ।

उत्साहीत मुद्रामा भेटिएका ओलि बजेट सुनिश्चित भएपछि बर्षौको लक्ष्य पुराहुने पयो समातेको बताउनु हुन्छ । उहाका अनुसार कत्तिपनी ढिला नगरी डिपीआर गरीदिने सडक डिभिजन कार्यालय दाङका प्रमुख डिई शिर बहादुर घिमिरेको हात छ । यस अघिका धेरै डिईले धाउदा धाउदै पनि फाईल बढाउन सकेनन् । कसैले अघि सारेपनि सम्वन्धित ठाउ सम्म पुयाएनन् । त्यसैले हरेक डिईका पालामा मेहनत खेर गयो । अहिले घिमिरेले खोतल खातल पारेर थन्केका फाईल निकाली बढाईदिनुभयो । घिमीरेकै पालामा काम समयमै थालिनेमा पनि आश छ ।

धेरैपटक माथिल्लो स्तरमा पहल गरिएको पुर्व अध्यक्ष ओलि सम्झिनुहुन्छ । उहाका अनुसार पुर्व मन्त्रिहरु खुम बहादुर खड्का, विजय कुमार गच्छदार हुदै धेरैका हातमा फाईल थमाईयो । जिल्ला परिषदबाट पास गरेर विधिमा ढालियो । बजेट कहिल्यै परेन । ‘थाप्ने भाँडो समेत बनाईदिएनन्’ संयोजक ओलिले भन्नुभयो, ‘डिपिआर नगरेपछि लैजा भनेपनि केमा ल्याउने ?’ त्यसका लागि सडक डिजीजन कार्यालयकै डिईको भुमिका हुने रहेछ । उहाका अनुसार अपहेलित सडकले बल्ल भेटायो । झण्डै पचास बर्ष पछि त्यस क्षेत्रले सपना पुरा हुने संकेत पाएको छ ।

यतिनै गते भन्ने भुलेपनि २०१६ सालमा राजा महेन्द्रको सवारी त्यतै बाट घोराहीतिर भएको थियो । त्यसबेला देखिनै बाटोको शुरुवात भएको हो । त्यसलाई पुर्णता दिन स्वर्गिय उपाध्याएको योगदान छ । उनले गाउभरीकालाई झारा लगाएर बाटो खनाएका थिए । ‘टोड्के लेकमा बास बसेर खनेको याद छ ।’ यतिदिन काम गरीयो भन्ने भुलेको बताउने ओलिले भन्नुभयो ‘चरण चरणमा खन्न जान्थ्यौ ।’ पहिलो लगाएतले समस्या पार्दा कति पटक खनियो भनि साध्य छैन ।

शान्ति प्रकृया पछि पनि हरेक बर्षका बार्षिक बजेट कार्यक्रम र सरकारलाई यो कुराको बारेमा अबगत नबनाएको पनि होईन । ओलिका अनुसार बजेट भाषणको नजिक नजिक सरोकार वालाको बैठक बसाल्ने, निर्णय गराउने र योजना आयोग, भौतिक योजना तथा निर्माण मन्त्रालय हुदै सम्विन्धत मन्त्रि र सचिवहरुलाई भेट्ने काम गरियो । काठमाण्डौमा लखर लखर हिडेर पनि प्रकृया पुरा गरीयो । जति पटक पहल गर्दा पनि बजेट भाषणमा सुन्न पाईएन ।

अब ठेकेदार सहि आएपछि समयमै बाटो पुरा हुन्छ । स्थानियका अनुसार यस क्षेत्रकै जेठो बाटोले न्याए पाउछ । त्यसका लागि स्थानिय चनाखो हुनुपर्ने बाकि छ भन्नुहुन्छ काभ्रे ४ का नारायण डागि । सरोकार समितिका सचिव समेत रहनुभएका डागिका अनुसार स्थानियमा खुशियाली छाएको छ । बाटो बनि नसक्दै सबै पुग्यो भनेर हातखुट्टा छोड्ने अबस्था भने छैन । बजेटलाई सदुपयोग गर्न हरेक नागरीक सचेत हुने बेला बल्ल आएको छ । यसपटक बंगला चुलिमा भ्युटावर बन्ने भएको छ । त्यसका लागि पाच लाख बजेट आएको जिल्ला विकास समितिका पर्यटन सचिवालय सदस्य सचिव डा गोविन्द आचार्यले जानकारी दिनुभयो । उहाका अनुसार हरेक बर्ष आउने बजेटले पुरा गरीने छ । यस पटक शुरुवात मात्रै हुने छ ।

मुर्कुटी बजार क्षेत्र मात्रै कालोपत्रे गरेर भएपनि बुच्चो नाकमा गहना पहिरीए पछिको जस्तो सुन्दर देखिएको छ । दुईतिर उठेको पहाड र अर्कातिर बिपरीत दिसामा पानी ढल बग्ने गरीको बस्ति आफैमा रमणीय लाग्छ । घोराही कमिरे सम्म घोराही सिमेन्ट संग र कमिरे प्युठान सरकारको एकल लगानीमा बहुवर्षिय योजनाअनुसार बाटो बन्ने भएको छ । त्यो पुरा भयो भने मुर्कुटि सुन्दर र पर्यटकीय क्षेत्र बन्ने छ ।
लावालस्करका साथ घोराही देखि प्युठान सम्म चल्ने गाडिहरु भालुवाङ प्युठान बाटो खुले संगै बन्द भए । भालुवाङ हुँदै जान थालेपछि लोहारपानी, प्युठानको तिरामक्षेत्र लगाएतका मान्छेको मात्रैमा बाटो सिमीत रह¥यो । बर्षातमा भासिएर चल्न नसक्ने हिउदोमा धुलोले आखाकानै बुझ्ने अबस्था छ ।

घोराही सिमेन्टले तापा सम्मको बाटोमा लगानी गर्दा काभ्रेको कमीरे चौर सम्म सुविधा बिस्तार भयो । तर पहाडि गाविसको केन्द्रका रुपमा विस्तार गर्न खोजेको मुर्कुटि यस बाट पनि ठगियो । साँझ र विहान एक एक वटा बस पुग्छ । विहान दुईवटा बस छुट्छ । त्यसबाहेक साँझमा घोराही फर्किने कुनै उपाए छैन । सामान्यत विहान ११ बजे सम्म काम नसकिएकाहरुले बस छुटाउँछन् । अर्कोदिन पर्खिनु पर्छ । कि भने तापका टिप्पर भेटाउनेगरी स्थानियलाई मोटरसाईकलको सहायता माग्नुपर्छ । होईन भने एकरात थप होटेलमा फोकट र फजुलमा बिताउनुपर्छ । साँझमा एउटा गाडि फर्किने अबस्था भए धेरैले राहत पाउँथे होला । अब कालोपत्रे भएपछि एम्वुलेन्स लगाएत सबै साधनको सुविधा हुने स्थानियले विश्वास लिएका छन्