काठमाडौं । बुधबार विहान चिनको तिब्बतबाट आएको बाढीले रसुवा क्षेत्रबाट स्वदेशी तथा विदेशी गरी चार सय भन्दा बढी पर्यटक सम्पर्कविहीन भएका छन् ।

नेपाल पर्यटन बोर्डका अनुसार हालसम्म ४०३ जना नेपाली तथा विदेशी पर्यटक सम्पर्कमा नआएको विवरण सार्वजनिक गरेको छ । तीमध्ये विदेशी पर्यटकको संख्या ३४१ र नेपालीको संख्या ६२ रहेको छ। पर्यटन बोर्डका अनुसार सम्पर्कमा नआएका विदेशी पर्यटकमध्ये सबैभन्दा धेरै भारतीय छन्।

सम्पर्कविहीन रहेका पर्यटकको संख्या

  • भारत — १३३ जना
  • नेपाल — ६२ जना
  • अमेरिका — ४७ जना
  • अस्ट्रेलिया — ३४ जना
  • बेलायत — ३३ जना
  • क्यानडा — २४ जना
  • मलेसिया — १९ जना
  • युक्रेन — ७ जना
  • सिंगापुर — ६ जना
  • दक्षिण अफ्रिका — ६ जना
  • न्युजिल्यान्ड — ५ जना
  • जापान — ५ जना
  • जर्मनी — ४ जना
  • फ्रान्स — ३ जना
  • आयरल्यान्ड — २ जना
  • नेदरल्यान्ड्स — २ जना
  • रूस — २ जना
  • स्पेन — २ जना
  • बेलारूस — १ जना
  • फिनल्यान्ड — १ जना
  • हंगेरी — १ जना
  • इसराइल — १ जना
  • लिथुआनिया — १ जना
  • पोर्चुगल — १ जना
  • फिलिपिन्स — १ जना