काठमाडौं । भोटेकोशीमा बुधबार आएको बाढीमा परी हाइड्रो पावरमा कार्यरत १९६ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । नेपाल विद्युत प्राधिकरणको तथ्यांक अनुसार बाढीमा परेर जलविद्युत आयोजनामा कार्यरत १९६ भन्दा बढी कर्मचारी तथा कामदार सम्पर्कविहीन भएका हुन्।

सम्पर्कविहीन हुनेमा विदेशी कामदार पनि रहेको विद्युत प्राधिकरणले जनाएको छ । त्यस क्षेत्रका विभिन्न क्षेत्रमा हाइड्रो पावर आयोजनाको निर्माणको काम भइरहेको थियो । निर्माणधिन धेरै आयोजनाका संरक्षण बाढीले बगाइदिएको छ ।