काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएका व्यक्तिको शवबाट सुनका गहना चोरी गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । चितवन प्रहरीले बाढीले बगाएर ल्याएको महिलाको शवबाट सुनका गहना निकाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा नवलपरासीको विनय त्रिवेणी नगरपालिका–१ घर भई चितवन बस्दै आएका २५ वर्षीय मदन गुरुङ र सुनसरी घर भई चितवन बस्दै आएका ३८ वर्षीय उमेश चौधरी छन् ।
बाढीले बगाएर ल्याएको मृतकको शवको कानमा लगाएको सुनको मुन्द्रा तानिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनामा संलग्न दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।











