काठमाडौं । चीनको जलस्रोत मन्त्रालयले ल्हेन्दे खोलाको हिमपहिरोका कारण ताल बनेको जनाएको छ। नदीको माथिल्लो क्षेत्रमा बनेको तालमा बिहीबार बिहानसम्म २० लाख घनमिटर पानी जम्मा भएको र उक्त पानी तालबाट बाहिर जान सुरू गरेको चिनियाँ रिपोर्टमा उल्लेख छ।

चिनियाँ मन्त्रालयलाई उद्धृत गर्दै ग्लोबल टाइम्सले चीनतर्फको छोचेन खोला र नेपालतर्फको पुरेपु त्याङ्कपो खोलाको दोभानमा ताल बनेको र जतिवेला पनि फुट्न सक्ने भएकाले जोखिम भएको बताएको छ । मन्त्रालयले त्यसको निरन्तर निगरानी गरिरहेको र सर्तकता अपनाउन आग्रहसमेत गरेको छ ।