दाङ, फागुन १६ । नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला शाखा दाङको नयाँ कार्यसमितिको पहिलो बैठक सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिट् ब्युरो सदस्य एबं मुक्ति समाजका केन्द्रिय उपाध्यक्ष भागवत विस्वासीले स्थानिय तहको निर्बाचनमा नेकपा एमाले पहिलो पार्टी बन्ने बताउनुभयो । व्यवस्थापिका संसद सदस्य समेत रहनु भएका विस्वासीले बैशाख ३१ गते हुने निर्बाचनबाट एमाले पहिलो पार्टी बन्ने दावि गर्नुभयो ।
एमालेको लागि यो अबसरको विषय भएको भन्दै यो अबसरलाई मुक्ति समाजले भरपुर उपयोग गर्नुपर्ने नेता विस्वासीको भनाई थियो । अब देशका सबै ठाउँ, वडा, गाउँपालिकाहरुमा दलितहरु अनिबार्य नेता बन्ने व्यवस्था सुरु भएकाले यो दलितहरुको लागि ठुलो उपलब्धी भएको बताउनुभयो । अहिले देश छुवाछुत मुक्त भए पनि सविधानले पुर्णरुपमा छुवाछुत अन्त्य भएपनि समाजमा विभेद कायमै रहेको उहाको भनाई थियो । तर विभेद हटाउनको लागि दलितहरु नै एक भएर आन्दोलनमा सक्रिय हुनु पर्ने उहाको भनाई रहेको थियो ।
मुक्ति समाजका जिल्ला कमिटि अध्यक्ष टंक सुनारको अध्यक्षता तथा नेकपा एमालेका पोलिट् ब्युरो सदस्य एबं मुक्ति समाजका केन्द्रिय उपाध्यक्ष भागवत विस्वासीको प्रमुख आतिथ्यतामा भएको बैठकले फागुन ६ र ७ गते घोराहीमा भएको मुक्ति समाजको आठौँ दाङ जिल्ला सम्मेलन भब्य रुपमा सफल भएको समिक्षा गर्दै सम्मेलन सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद दिने निर्णय पनि गरेको छ । साथै बैठकले कार्य विभाजन गरेको छ । मुक्ति समाज क्षेत्र नम्बर १ को ईन्चार्जमा बेगम गहतराज, क्षेत्र नम्बर २ को ईन्चार्जमा कुलबहादुर गोतामे, क्षेत्र नम्बर ३ को ईन्चार्जमा सुन्दर विश्वकर्मा, क्षेत्र नम्बर ४ को ईन्चार्जमा शंकर नेपाली र क्षेत्र नम्बर ५ को ईन्चार्जमा टंकराज विश्वकर्मालाई जिम्मेवारी दिने निर्णय गरेको छ । यस्तै क्षेत्रिय भेला गर्ने पनि निर्णय गरेको छ । क्षेत्र नम्बर १ मा चैत्र १३ गते र बाकि अन्य क्षेत्रहरुमा चैत्र ७ गते क्षेत्रिय भेला गर्ने निर्णय गरेको छ ।
साथै बैठकले भर्खरै सम्पन्न भएको सम्मेलनमा भएको आर्थिक विबरणहरु पारित गरेको छ । सम्मेलनमा १ लाख ७१ हजार ८ सय ९५ रुपैया संकलन भएको, २ लाख ३ हजार १ सय २५ रुपैया खर्च भएको र ३१ हजार २ सय ३० रुपैया ऋण रहेको मुक्ति समाजले बताएको छ । आर्थिक गतिविधिहरुलाई पारदर्शी बनाउन बैठकमा खाता खोल्ने पनि निणय गरेको छ । मुक्ति समाजका उपाध्यक्ष शंकर नेपालीले स्वागत गर्नुभएको बैठकको सहजीकरण मुक्ति समाजका सचिब नवीन अभिलाषीले गर्नुभएको थियो ।
