तुलसीपुर ।  तुलसीपुरमा एक दिने ट्राफिक नियम सम्बन्धि प्रशिक्षण भएको छ । शनिबार यहाँका अटो रिक्सा ब्यबसायीलाई ट्राफिक नियम सम्बन्धि जानकारी दिईएको हो । अटो ईलेक्ट्रिक रिक्सा श्रमिक प्रालि तुलसीपुर तथा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरको आयोजनामा भएको प्रशिक्षणमा यस क्षेत्रमा क्रियाशिल एक सय भन्दा बढि रिक्सा चालकहरुको सहभागीता थियो ।

17012579_1845658642339432_257328526_nप्रालिका अध्यक्ष गम्मरचन रोकाको अध्यक्षता तथा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख देब बहादुर खत्रीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख खत्रीले अटोरिक्सालाई ब्यबस्थित रुपमा सञ्चालन गर्न, नम्बर प्लेट राख्न तथा तोकिएको भन्दा बढि भाडा नलिन निर्देशन दिएका छन् । प्रालिका महासचिब माधब दाहलले स्वागत गरेको कार्यक्रमको सहजीकरण ट्राफिक प्रहरी जवान डिल्ली आचार्यले गरेका थिए ।