राधा शर्मा
बर्दिया १६ फागुन। नेपाल दलित सघ बर्दियाको ५ औ जिल्ला अधिवेशनले आइतवार राति नया नेत्रृत्व चयन गर्दै सकिएको छ । नेपाली काग्रेस नजिकको नेपाल दलित सघ बर्दियामा धनविर दमाइलाइ पराजित गर्दै भिमलाल विक विजयी हुनु भएको हो ।

photoयसै गरी सचिवमा भगत नेपालीलाइ पराजित गर्दै कुसुम विक बिजयी हुनु भएको निर्वाचन मन्डलका सयोजक विरबहादुर रोकाएले बताउनु भयो । अधिवेशनले महिला प्रतिनिधि धनसरा विक, हिरा विक र उर्मिला ताम्राकारलाइ महाधिबेशन प्रतिनिधि छनौट गरेको छ भने महाधिवेशन प्रतिनिधि खुल्ला बाट सुर्यबहादुर सुनार , प्रेमबहादुर सुनार र महेस सुनारलाइ चयन गरेको छ ।

नेपाल दलित सघ बर्दियाको इतिहासमा पहिलो पटक महिला सचिव पदमा निर्वाचित भएको नेपाली काग्रेसका महासमिति सदस्य जग्गा प्रसाद पान्डेले बताउनु भयो साथै उहाले नेपाली काग्रेसले महिलालाइ हरेक स्थानमा राखेको भन्दै अव पार्टिको निर्णायक स्थानमा रहेर महिलाइ नेत्रृत्व दिलाउन सकेमा इतिहास बन्ने बताउनु भयो ।

नेपाल दलित संघ बर्दियाको सविचमा विजयी हुनु भएका कुसुम विकले सधै पुरुषले नेत्रृत्व गर्ने महिलालाइ औपचारिकता लागी मात्रै सामान्य पद दिने तर निर्णायक तहमा सहभागीता नहुदा दलित महिला अझै पछाडि परेको बताउनु भयो साथै उहाले अवका दिनमा दलितका नाममा सिमित केहि व्यक्ति वा समुहले फाइदा लिइरहेको दावि गर्दे अव यसलाइ अन्त्य गर्नु पर्ने बताउनु भयो ।