गोरखा, १६ फागुन । नेपाल रेडक्रस सोसाईटी भूकम्प प्रतिकार्य कार्यक्रमको सहयोग र नेपाल रेडक्रस सोसाईटी बक्राङ उपशाखाको आयोजनामा बक्राङ उपशाखा भित्र रहेका ६ वटा विद्यालयलाई प्राथमिक उपचारका सामग्रीहरु वितरण गरिएको छ ।

photo 1सोसाईटीका उपशाखा सभापति राजेन्द्र न्यौपानेको सभापतित्वमा भएको कार्यक्रममा बक्राङ स्वास्थ्य चौकीका प्रमुख मनोज यादवले प्राथमिक उपचारको महत्वका बारेमा प्रष्ट पार्नु भएको थियो ।

प्राथमिक उपचारका लागि आवश्यक व्याण्डेज, त्रिकोण पट्टी, कैंची, सावुन, डिटोल, रुमाल, मास्क, टेप,लाईट, चक्कु, धागो, झोला, स्टीचर लगायतका २५ प्रकारका सामग्रीहरु प्रदान गरिएको हो ।

उपशाखा भित्र रहेका महेन्द्र शक्ति मा.वि., बक्रेश्वर मा.वि., स्थानीय आधारभूत,लक्ष्मी प्रा.वि., इन्द्र प्रा.वि. र ऋषिकुल प्रा.वि.का प्रधानाध्यापकहरुलाई सामग्री हस्तान्तर गरिएको सामाजिक परिचालक जानुका अर्यालले बताउनुभयो । कार्यत्रक्रममा तत् विद्यालयका शिवहरी अर्याल, बैकुण्ठ अर्याल, किङकङ थापा, टिकाराम खनाल, उदय थापा, एक बहादुर गुरुङको उपस्थिति रहेको थियो ।

कार्यक्रम समापन गर्दै सभापति न्यौपानेले नेपाल रेडक्रस सोसाइटी समुदायमा गरेका कामहरुलाई दिगो बनाउन शिक्षकहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । भूकम्प प्रतिकार्य कार्यक्रमबाट समुदायको जीवनस्तर माथि उठ्ने उहाँको दावी थियो ।

Photo 2गाउँमा सञ्चालन भईरहेका स्वास्थ्य तथा सरसफाई र जीविकोपार्जनका कार्यक्रमबाट यहाँको समुदायले अधिक भन्दा अधिक लाभ लिन सक्रिय भई काम गर्नुपर्ने बताउनुभयो । गाउँमा खानेपानीका मुहानहरु व्यवस्थित गर्नु, एउटा गाउँलेको सहयोग अर्को गाउँलेलाई हुनु मानवसेवा भित्र पर्ने उहाँको भनाई छ । लिफ्ट प्रविधिका खानेपानी योजना आवश्यक देखिएका ठाउँमा थप योजना पार्न लागि पर्ने न्यौपानेले बताउनुभयो ।