सजंय कुशवाहा
नवलपरासी १६ फागुन । नवलपरासीको गुठीपरसौनीमा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठी परसौनीले नेपाल बाट भारत तर्फ जादै गरेको शंकास्पत दुई जनालाई पक्राउ गरेको हो ।
नवलपरासी जिल्लाको गुठीपरसौनी ५ हरपुर नाकामा सशस्त्र प्रहरी नायक निरिक्षक झलक बहादुर गुरुगं नेतृत्वमा रहेको टोलीले आज बिहान चेक जाचको क्रममा नेपालबाट भारत तर्फ जादै गरेको नवलपरासी सरावल ६ बस्ने २३ बर्षिय रन्जित बिक र कपिलबस्तु भलवार ४ बस्ने २८ बर्षिय प्रेमा राना मगर लाई पक्राउ गरेको हो ।
नेपाल बाट भारत जान लागेको शकास्पत जोडीलाई प्रहरीले सोधपुछ गर्दा भागेर जान लागेको बुझिएपछि शसस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो ।
थप अनुसन्धानकालागी ईलाका प्रहरी कार्यालय बेलाटारी पठाईएको शसस्त्र प्रहरी बार्डर आउट पोस्ट गुठी परसौनीले जनाएको छ ।
