इन्द्रेणी संवाददाता
दाङ, १५ फागुन । नेपाल पत्रकार महासंघ दाङमा नयाँ कार्यसमितिलाई पद हस्तान्तरण गरिएको छ । महासंघको दशौं अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई निवर्तमान कार्यसमितिले आज एक कार्यक्रमको आयोजना गरी पद हस्तान्तरण गरेको हो ।

DSCN1168कार्यक्रममा निवर्तमान अध्यक्ष सुदीप गौतमले नवनिर्वाचित अध्यक्ष सविन प्रियासनलाई महासंघको माइनोट हस्तान्तरण गर्दै पद हस्तान्तरण गरेको हुन् ।

कार्यक्रममा नवनिर्वाचित कार्यसमिति, प्रदेश सभासद र केन्द्रीय सभासदलाई प्रमाणपत्र प्रदान गरिएको थियो । उनीहरुलाई प्रमुख निर्वाचन अधिकृत एवं प्रेस स्वातन्त्र सेनानी सुशील गौतम, केन्द्रीय सदस्य अजयदीप शर्मालगायतले प्रमाणपत्र वितरण गरेका थिए ।
पद हस्तान्तरणपछि आयोजित शुभकामना तथा वधाइ कार्यक्रममा बोल्ने वक्ताहरुले दाङको पत्रकारिता क्षेत्रको शिर सधै उच्चो राख्न सबै पत्रकार र नयाँ कार्यसमिति महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने सुझाव दिएका थिए ।

कार्यक्रममा महासंघका प्रेस स्वतन्त्रता सेनादी सुशील गौतम, महासंघका पूर्वकेन्द्रीय उपाध्यक्ष विपुल पोख्रेल, केन्द्रीय सदस्य अजयदीप शर्मा, निवर्तमान अध्यक्ष सुदीप गौतम, पूर्वअध्यक्ष प्रताव रेग्मी, महासंघका सल्लाहकार दुर्गालाल केसीलगायत अन्य सञ्चार संगठनका प्रमुख तथा प्रतिनिधिहरुले नयाँ कार्यसमितिलाई वधाइ दिएका थिए ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष सविन प्रियासनले दाङको पत्रकारिताको विकास र महासंघको गरिमालाई उच्चो राख्न आफू लागिपर्ने प्रतिवद्धता जनाएका थिए । कार्यक्रमको सहजीकरण निर्वाचन अधिकृत ठाकुर डिसी र नवनिर्वाचित सचिव भूपेन्द्र वलीले गरेका थिए ।