काठमाडौं, १५ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सार्क महासचिव अर्जुनबहादुर थापाबीच भेट भएको छ ।

unnamed-file-848x478आइतवार दिउसो प्रधानमन्त्री कार्यालय शिंहदरवारमा भएको बिदाई भेटमा प्रधानमन्त्रीले थापाको कार्यकालमा अठारौ सार्क शिखर सम्मेलन नेपालमा भएको तथा अन्य महत्वपूर्ण कार्यहरुसमेत भएकाले सफल कार्यकालका लागि धन्यवाद व्यक्त गरे । साथै आगामी दिनमा राष्ट्रका लागि आवश्यक योगदान रहने विश्वास व्यक्त गरे ।

महासचिव थापाले आफ्नो कार्यकालमा प्रधानमन्त्रीवाट पाएको सहयोग र सदभावप्रति हार्दिक आभार व्यक्त गरेका थिए । सार्कमा महासचिव थापाको तीन बर्षे कार्यकाल यही फागुन १७ देखि पूरा हुँदैछ ।