काठमाडौं, १५ फागुन । पूर्वअर्थ मन्त्री तथा नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुन अनन्तलाई थप उपचारका लागि बैंकक लैजाने भएको छ ।
ग्राण्डी अस्पतालमा उनको स्वास्थ्यमा सुधार नभएपछि उनलाई बैंकक लान खोजिएको उनका सहयोग निसान मगरले नेपालखबरलाई बताए। ‘उहाँलाई बैंकक लैजाने तयारी भइरहेको छ।’ उनले भने, ‘अवस्था धेरै जटिल छैन। नियमित फ्लोअपका लागि पनि बैंकक लैजान खोजिएको हो।’
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका मेडिकल डाइरेक्टर डा चक्र राज पाण्डेले नेता अनन्तको नियमित फ्लोअपको समय केही ढिलो भइसकेकाले आजै बैङ्कक रेफर गरिएको बताए। उनीसँगै उनकी जीवन संगीनी तथा सभामुख ओनसरी घर्ती पनि बैंकक जाँदैछिन्। साथै ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालका डाक्टरहरु कन्सल्ट्यान्ट फिजिसियन तथा स्वास प्रश्वास रोग बिशेषज्ञ प्रा. डा।
अर्जुन कार्की, कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा. रबी महत, कन्सल्ट्यान्ट पल्मोनोलोजिष्ट डा प्रशान्त त्रिपाठी र कन्सल्ट्यान्ट ग्याष्ट्रो इन्टेरोलोजिष्ट डा। बिबेक शर्मा पनि उनीसँगै बैंकक जानेछन्। पार्टी कार्यक्रममा रोल्पा पुगेर फर्के लगत्तै उच्च ज्वरो आएपछि उनलाई फाल्गुण ७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना गरिएको थियो।
