सुनसरी, ११ फागुन । सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि असन्तुष्ट संयुक्त मधेसी मोर्चाले आह्वान गरेको बन्दको प्रभाव तराईका सबै जिल्लामा परेको छ । बन्दका कारण तराईका विभिन्न ठाउँ हुँदै चल्ने सवारीका साधन चलेका छैनन् । शैक्षिक संस्था र बजार पसल पनि पूर्ण रुपमा बन्द छन् ।

taraiसिरहा, सप्तरी, सुनसरी र मोरङ्मा बन्दको प्रभाव परेको छ । मोरङ्मा विराटनगरबाट दहुवी –इटहरीतर्फ जाने गाडी चलेका छैनन् । यस्तै सुनसरीमा इटहरीबाट झापा र धरानतर्फ जाने गाडी पनि चल्न सकेका छैनन् ।

झापामा भने बन्दको कुनै पनि प्रभाव छैन । सिरहा र सप्तरीमा यातायातका साधान, बजार, पसल ठप्प हुँदा बिहानैदेखि जनजीवन प्रभावित भएको छ । मोटरसाइकल भने फाट्टफुट्ट रुपमा चलेका छन् ।

बैशाख ३१ गते सरकारले स्थानीय तहको निर्वाचनको घोषणा गरेपछि संयुक्त मेधेसी मोर्चा आन्दोलित भएको छ । मोर्चाले पहिले संविधान संसोधन गरेर मधेसी मोर्चाको माग पूरा गरेपछि मात्र निर्वाचन गर्न माग गर्दै तराईका २२ जिल्ला बन्द आह्वाान गरेको हो ।