इलाम, ११ फागुन । बुढेसकालमा सजिलरी वसौला भन्ने चाहाना सबैलाई हुन्छ । तर इलामका एक ७३ वर्षीय बृद्धा गाँजा प्रयोग र कारोबारमा संलग्न रहेको अभियोगमा जेल गएका छन् ।
फोटो फाइल
जिल्ला अदालत इलामले ७३ वर्षका भक्तबहादुर चौहानलाई एक वर्ष कैद र ५ हजार रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ ।
जिल्ला अदालत इलामका न्यायाधीश नवराज दहालको एकल इजलासले बोलबम भनेर चिनिने चौहानलाई कैद र जरिवानाको फैसला गरेको हो । चौहानलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम सजाय सुनाइएको अदालतले जनाएको छ ।
