दाङ, १० फागुन । दाङको घोराहीमा रहेको ज्ञानज्योति एजुकेशनल एकेडेमीले बृद्धबृद्धाहरुलाई खाद्यन्न तथा फलफूल वितरण गरेको छ ।

विद्यालयले बृद्धाश्रममै पुगेर एक कार्यक्रमको आयोजना गरी सहयोग हस्तान्तरण गरेको हो । विद्यालयले बृद्धाश्रमका लागि चार बोरा चामल, १० पोकानुन, १० पोका बेसार, ५ केजीदाल, ५ लिटर तेल र फलफूल वितरण गरेको हो ।
विद्यालयब्यस्थापन समितिका अध्यक्ष भिमबहादुर केसी, भाईस प्रिन्सीपल लक्ष्मी बुढा, शिक्षकहरु सन्तोष सुनार, मधु नेपाली र विद्यार्थीहरुले बृद्धाश्रमकीब्यबस्थापक हिरा शाहलाई हस्तान्तरण गरेका थिए ।
