तिलकराज ओली
दाङ, १० फागुन । नेकपा माओवादी केन्द्रनिकट अखिल (क्रान्तिकारी)ले राप्ती बबई बहुमुखी क्याम्पस तुलसीपुर दाङको स्वतन्त्र विद्यार्थी युनियनको अध्यक्षमा प्रकाश ओलीलाई आफ्नो तर्फबाट उम्मेद्वार घोषणा गरेको छ ।

prakash oliकेन्द्रीय सचिव एवं ५ नम्बर प्रदेशका सहसंयोजक प्रवीण शर्माले आज एक कार्यक्रमकाबीच ओलीलाई अध्यक्षको उम्मेद्वारका रुपमा घोषणा गरेका हुन् । उक्त घोषणा कार्यक्रममा अन्य अतिथिहरु क्रान्तिकारीका केन्द्रिय सचिवालय सदस्य मिनराज ओली,केन्द्रिय सदस्यहरु सशिकिरण ढकाल,दुर्गा वि.क,मदन घर्ति लगायतले ओलीको नेतृत्वले जसरी पनि निर्वाचन जित्ने मात्र नभई उत्साहजनक मतका साथ जित हुने बताएका थिए ।

प्रकाश ओली अखिल क्रान्तिकारी राप्ती बबई बहुमुखी क्याम्पसका मुल इकाई कमिटिका अध्यक्ष समेत हुन् । अध्यक्षका उम्मेद्वार ओलीका अनुसार अन्य पदाधिकारी र सदस्यहरु पनि छिटै उम्मेदवार घोषणा गर्ने जानकारी दिए ।

२८ वर्षे उमेर हदका कारण अन्य संगठनहरुले उम्मेद्वारीको टुँगो लगाउन हम्मे हम्मे परेको र आफ्नो संगठनका जुझारु युवा उम्मेद्वारको घोषणाले अन्य संगठनलाई गतिलो छापड दिएको केन्द्रिय सदस्यहरुको भनाई रहेको थियो । कार्यक्रमको सहजिकरण जिल्ला कार्यलय सदस्य सुवास बस्नेतले गरेका थिए । स्ववियुको निर्वाचन यही फागुन १८ गते हुँदैछ ।