गोविन्द खड्का
घोराही, १० फागुन । मोटर साईकलमा सवार दाङ क्षेत्र नं. ३ का सांसद राजुखनाल गत मंगलवार दिउँसो घोराहीको भण्डारी नास्ता पसलमा छिर्नुभयो । त्यस अघिनै चिया पसलभित्र हुनुहुन्थ्यो खनालका निकटतम प्रतिदोन्द्धी लक्ष्मण आचार्य ।

20170214_164420दुवैले उठेरै गरेको आपसी शिष्टाचार प्रतिस्पर्धीको असल व्यवहार थियो । त्यसपछि दुवै नेताहरु आफ्नो कर्मतिरै मोडिए । राजनीति र विकास निर्माणका कुरा उठाए । दुवैतिरका कार्यकर्ताहरुले थपथाप गर्थे । माहौल सुन्नलाईएक र महत्वपुर्णमा बदलियो । नास्ता खान आएकाले पनि चासो दिए ।

संविधान संसोधन र चुनाव घोषणाको विषय पहिलो प्राथमिकतामा परेको थियो । सरकारको मुख्य सहयात्री दल कांग्रेशको प्रतिनिधित्व गर्दै खनालले माघ ७ गतेसम्म निकास निश्कने खबर सुनाउनुभयो । त्यस अघि आफुल केहि भन्न नसक्ने जानकारी गराउनुभयो । निरीह पदमा आसिनजस्तै लाग्थ्यो । उहाँले भन्नुभयो ‘लुकाउनु के छ र हामी त उही सही छाप लगाउने मात्रै हो ।’
संविधान संसोधन गर्न यो संसदले पाउदैन किन यसमा अल्झीएको छ ? प्रमुख प्रतिपक्ष दल एमालेका नेता आचार्यको समुहबाट प्रश्न

सोधियो । खनालले भन्नुभयो, अहिलेको संसदलाई प्रादेशिक जिम्मेवारी छ । प्रदेश सभाको काम गर्न सक्छ । राजधानी तोक्ने लगाएतका विषय प्रदेश सभाको बहुमतले टुंगाउने हो ।

त्यसैमा थपियो ५ नम्बर प्रदेश किन टुक्राउन खोजेको ? यसमा कांग्रेस कार्यकर्ता पनि सहमत छैनन् । खनालले भन्नुभयो ‘मलाई व्यक्तिगत रुपमा सोध्नुहुन्छ भने संघीयता चाहिएको छैन । यही ५ प्रदेश ठिक छ ।’ उहाँले थप्नुभयो ‘धर्मको बारेमा उहिल्यै नेताहरुले चार तारामध्य एउटाको अर्थ धार्मिक स्वतन्त्रता भनेका थिए । अहिले पनि त्यही अडान लिएको छु ।’ उहाँका अनुसार सांसदको भुमिका नेताहरुले गरेको निर्णयमा ल्याप्चे लगाउने हो । कांग्रेस नेता चन्द्र भण्डारीले राजनीनामा दिने धम्की भोट कमाउन उपाए मात्रै हो । कसैले पनि पार्टी छोडेर जान सक्दैन । मतदाता नभाडिउन भनेर बोलिहाले पनि पार्टी नीति भन्दा बाहिर जादैनन् ।

उहाले दंगालीको सोचमा भने दरिद्रता रहेको टिप्पनी गर्नुभयो । अहिल्यै उपमहानगरपालिका चाहिन्छ भन्नु गलत थियो । २०३५ सालमा स्थापना भएको घोराही नगरपालिका देशकै दोश्रो तेश्रो स्थानमा उत्कृष्ठ हुन्छ । सवारी कोट, हात्तिखर्क, बुढाकोट मौलाकोटमा बत्ती, विजुली, सडक र खानेपानी केही पनि प्रर्याप्त सुविधा दिन सकेको छैन । अहिले फैलिएको महानगरले कहिले अबसर पाउला ? उहाँको चिन्ता थियो हामी उपमहानगरवासी भनेर थपिएकाले कसरी महशुस गर्लान ? बरु उप नभएको भए एउटा भएपनि चुनाव क्षेत्र बढ्थ्यो र राजधानी बनाउन सजिलो गर्दथ्यो । अलि साना संघीय संरचना बनाएको भएपनि हुन्थ्यो । अरु जिल्लामा संरचना थप्नुपर्छ कम भयो भनेर आन्दोलन चले । विडम्बना दाङमा १३ बाट दशमा झारेर सिफारीस गरियो । संघीयता सहजता नहुने आधार तयार भएको छ यसैलाई उल्टो बुद्धि भन्नुपर्छ ।

आएको सबै वजेट खर्च अहिले पनि हँुदैन । असार मसान्तमा करोडौ बजेट फ्रिज हुन्छ । अर्थ मन्त्री कृष्णबहादुर महरा अर्थ सचिव शान्तराज सुवेदी दंगाली नै छन् । विकास गर्न सक्ने प्रशस्त अबसर छ । समस्या छ संरचनाको । प्रकृयामा जाने हो भने एउटा नाम सच्याउन ६ महिना धाउनुपर्छ । नेपालको सरकारी संरचनाको बारेमा जानकारी गराउदै खनालले भन्नुभयो, ‘यहा“को सिष्टम नै मिलेको छैन’ उहाँले थप्नुभयो, ‘कहिलेकही लाग्छ पुराना आधा कर्मचारी हटाईदिने । बाँकी रहेकालाई राख्ने र चाहिने जतिलाई करारमा नियुक्ती गर्ने । त्यसो भएयस्तो तमासा हुदैन ।’ उहाँले हरेक पटक जिल्लामा आउदा कटुवाखोलाको पुलका बारेमा चासो राखेको जानकारी दिनुभयो । प्रमुख जिल्ला अधिकारी, स्थानीय विकास, सडकका प्रमुख र ठेकेदारसंग पटक पटक छलफल गरेपनि कहिले पानीले पाईप उठाईन, कहिले विद्युतले पोल निकाल्दैन, कहिले नयाँ डिजाइन आएको छैन । यस्तै झञ्जटिलो प्रकृयाले समय खाएको छ ।

सांसद भएर फाइल वोकी न हिन्ने हो भने कर्मचारी टेर्दै टेर्दैनन् । पिएलाई खरदारले टेर्दैन । तोक लाउन पनि माथिबाट तल र तलबाट फेरिमाथिसम्म लैजानुपर्छ । सर्वसाधारण जनताले सेवा लिनै नसक्ने वातावरण छ । त्यससँगै गिटी वालुवाको रोकावटले पनि समस्या ल्यायो । यो सहज नहुदासम्म थप विकासे योजना पुरा हँुदैनन् । देश भरमा खोलानाला निकासी खुला गर्नुपर्छ । सरकारले भारत तिर दिन लाग्यो रे भनेर सोधियो, ‘त्यसो त पत्रकार कांग्रेस एमाले माओवादी छन् त्यसैले पत्याइहाल्न सकिन्न ।’ खनालले सरकारको वचाउ गर्दै भन्नुभयो, केही नभएर त नआउनु पर्छ ।

विकास र बन जंगल नदिनाला सबै दुरुस्तै चाहियो भन्नु खोचे थाप्नु हो । बाटो बनाउदा रुख हटे खाली डाडोमा दोब्बर रोपे हुन्छ । विकास गर्दा एकिकृत रुपमा लैजानुपर्छ । विद्युतले पोल नउठाउने, खानेपानीले पाईप ननिकाल्ने, अफिसले डिजाईन नदिने ठेकेदारलाई गालि मात्रै खुवाउने हुन्न ।

अनि फेरी हेराहेर गरेर मुश्कुराए । चनावी दौडधुपको झल्को आएको हुनुपर्छ । खनालले थप्नुभयो, ‘उतिखेर चुनाव जित्दा केही था पाईएन । जोश थियो । संसद भएदेखिन त जे गरेपनि हुन्छ होला भन्ने लाग्थ्यो । उहाँले नसकेको कामको उदाहरण सहित थप्नुभयो, ‘कटुवा खोलाको पुल बनाउन लागेको अढाई बर्ष देखि उस्तै छ । अझै बेरिङहाल्न डिजाईन आइन भनेको छ । पुलको काम त सकिन्छ । तर बाटो भन्नै नसकिने भयो ।’ तिमिले जीतेको भए पनि के पो गर्दथ्यो होला भन्ने लाग्यो होला । अनि आचार्यलाई पनि कुरामा चित्त बुझेको हुनुपर्छ । थप तर्क वितर्क चलेनन् । भेटभएकोमा खुशी व्यक्त गर्दै हातमिलाएर बिदा भए ।