रबिन्द्र यादव
परासी, १० फागुन । भारतीय सशस्त्र प्रहरी सिमा बल (एसएसबी) को कुटपिटबाट दुई नेपाली युवक गम्भीर घाइते भएका छन । आफ्नो दैनिक उपभोग सामान लिन भनेर नजिकको बहुआर बजारका लागि भारततर्फ जादै गर्दा नवलपरासी पक्लिहवा गाउँ विकास समिति वार्ड नम्बर ८ बलिनगर नजिकको सिमामा भारतीय सशस्त्र प्रहरी सिमा बल (एसएसबी) का जवानहरुले दुई नेपालीलाई आफ्नोतर्फ बोलाई एक्कासि कुटपिट गरि घाइते बनाएका छन ।

downloadएसएसबीको कुटपिटबाट घाइते हुनेहरुमा पक्लिहवा गाविस वार्ड नम्बर ८ बस्ने बर्ष ३२ का मारकण्डे कुर्मी र सोही गाउँ बस्ने बर्ष २० का पवन कुमार कुर्मी रहेका छन । भारतीय सशस्त्र प्रहरी सिमा बल (एसएसबि)को कुटपिटबाट मारकण्डे कुर्मीको दाहिने हात भाचीएको र अर्का पिडित पवन कुमार कुर्मीको टाउकोमा गम्भीर चोट लागेको छ ।

पिडित घाइतेहरुको उपचार सहिद स्मृति सामुदायिक अस्पताल चौपतामा भैरहेको घाइतेहरुको पारिवारिक स्रोतले जानकारी दिएका छन । विगतका दिनमा पनि सोही गाउका मानिसहरुलाई भारतीय सुरक्षाकर्मीहरुले पटक पटक कुटपिट गर्दै आएको स्थानियहरुले बताएका छन । बढदो भारतीय सुरक्षाकर्मीको ज्यादती रोक्न नेपाल प्रशासन कुनै पहल नगरेको स्थानियबासीहरुले दुख ब्यत्त गरेका छन ।