दाङ, ७ फागुन । नेपाल उत्पीडित जातीय मुक्ति समाज दाङको अध्यक्षमा टंक सुनार चयन भएका छन् । मुक्ति समाजको आठौँ दाङ जिल्ला सम्मेलनले सुनारको अध्यक्षमा २७ सदस्यीय जिल्ला कमिटी चयन गरेका छ ।

कमिटीको उपाध्यक्षमा शंकर नेपाली, सचिबमा नवीन अभिलाषी, उपसचिवमा सुन्दर विश्वकर्मा र कोषाध्यक्षमा टंक सुनार रहेका छन् । त्यस्तै सदस्यहरुमा कमला नेपाली, लक्ष्मी विक, बेगम गहतराज, कुलबहादुर गोतामे, उमेश विक, हिमा विक, माधब नेपाली, प्रकाश नेपाली, पुर्णबहादुर विक, शर्मिला परियार, ललिता नेपाली, हर्क नेपाली, रुद्र बहादुर नेपाली, करुणा नेपाली चयन भएका छन् ।

यस्तै नेत्रमणि परियार, तेजबहादुर विश्वकर्मा, एका विक, यमबहादुर विक, ईश्वरी विक, शोभाराम विक, सञ्जय विटालु र मंगल विक सदस्य रहेका छन् ।