तुलसीपुर, ७ फागुन । पब्लिक ज्ञानज्योती मावि तुलसीपुर १५ वम्नै दाँगमा विदाई कार्यक्रम सम्पन्न भएको छ । विद्यालयमा कक्षा ९ मा अध्ययनरत विद्यार्थीहले कक्षा १० मा अध्ययनरत विद्यार्थीहलाई कार्यक्रमको आयोजना गरेर विदाइ गरेका छन् । छात्रा मिनु चौधरीको अध्यक्षतामा एवम् विद्यालयका
सस्थापक अध्यक्ष टिकावहादुर जिसीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा शिक्षकहरु वसन्त विवश आचार्य, लक्ष्मी शर्मा, नारायण रेग्मी, प्रताप सेजुवाल एवम् विद्यार्थीहरु सुमन वलि,पुष्पा सुवेदी लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, नाटक लगायतका प्रतिभा प्रस्तुत गरेका थिए । कार्यक्रमको सहजिकरण विद्यार्थी साजन विसीले गरेका थिए ।
