दिपक बोहरा

तुलसीपुर । माटोको ढिस्कोले च्यापेर दाङको पुरन्धाराका एक महिलाको मृत्यु भएको छ भने अर्का एक जना घाईते भएका छन् । घर लिप्नका लागि पुरन्धारा ३ पातिहल्नमा रातो माटा खन्ने क्रममा माथिबाट आएको ढिस्कोले पुरिएर पुरन्धार ३ हस्तनापुरकी ३२ बर्षीय मिना वलीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय खिलतपुरले जानकारी दिएको छ ।

16831216_679575695563694_1082849815_nईलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी हवलदार कृष्णा बिकका अनुसार दिउसो साढे १ बजे तिर भएको घटनामा सोही ठाउकी ३५ बर्षीय भुमिसरा घाईते भएकी छिन् ।

16804985_679575872230343_2131146783_oघाइतेको उपचारका लागि राप्ती अञ्चल अस्पताल तुलसीपुर ल्याईएको छ । गाउका अन्य महिलाहरु पनि घर लिप्नलाई रातो माटो ल्याउन गएका थिए । तर अन्य महिला माटोको ढिस्को बाहिरै रहेकाले कुनै क्षति भएन् ।