घोराही, ६ फागुन । प्रजातन्त्र दिवसको अवसरमा नेपाली कांग्रेस दाङले भोली फागु्न ७ गते घोराहीमा कार्यक्रम गर्ने भएको छ । कांग्रेस दाङका सभापति कृतिवहादुर खड्का र सचिव शंकरप्रसाद डांगीले एक विज्ञप्ती जारि गरी प्रजातन्त्र दिवसको अवसरमा कार्यक्रम गर्न लागिएको जानकारी दिएका छन् ।
शनिवार विहान ११ वजे पार्टि कार्यालय घोराहीमा हुने कार्यक्रममा उपश्थितिका लागि पार्टी जिल्ला कार्यसमिति, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, क्षेत्र, नगर, गाउँ ईकाई, वडा कार्यसमिती लगायत भात्री संगठनका प्रतिनिधि तथा शुभचिन्तकहरुमा अनुरोध समेत गरिएको छ ।
