इन्द्रेणी संवाददाता
दाङ, ६ फागुन । नेपाल उत्पीडित जातिय मुक्ति समाज दाङको आठौं जिल्ला सम्मेलन आजदेखि दाङको घोराहीमा शुरु भएको छ ।

DSCN1115जिल्ला सम्मेलनको उद्घाटन एक कार्यक्रमकाबीच समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष वोमबहादुर विश्वकर्माले गरेका हुन् । उद्घाटन समारोहमा बोल्ने वक्ताहरुले वर्गीय मुक्ति विना जातीय मुक्तिको सम्भावना नभएको बताए ।

वर्गीय मुक्तिका लागि सबै उत्पीडित जनजाती एक हुनुपर्नेमा उनीहरुको जोड थियो । सम्मेलनको उद्घाटन अघि ¥याली निकालिएको थियो । सम्मेलन शनिवारसम्म चल्ने छ ।