माधव ओली
रोल्पा, ६ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको समय संविधान कार्यान्वयनको महत्वपूर्ण समय भएको भन्दै यसलाई कार्यान्वयन हुन नदिन केही शक्ति लागि परेको आरोप लगाएका छन् ।

pmआजदेखि रोल्पाको लिवाङमा शुरु भएको प्रथम रोल्पा महोत्सवलाई उद्घाटन गर्दै प्रचण्डले संविधान कार्यान्वयनमा साथ दिन रोल्पाली जनतालाई आग्रह गरे । ‘अहिलेको महत्वपूर्ण काम भनेको स्थानीय निर्वाचन बनाउदै संविधान कार्यान्वयन गर्र्नु हो, तर यसैलाई पनि हुन नदिन केही सक्तिहरु लागि परेका छन्’, उनले भने ।

लामो समयदेखि हुन नसकेको स्थानीय तह लगायत तीनै तहको निर्वाचन गरेर सिंहदरवारमा रहेको अधिकार स्थानीय तहसम्म लैजानु सरकारको मुख्य दायित्व भएको समेत प्रचण्डले बताए ।

एक थरी संविधान कार्यान्वयन हुन नदिने चलखेलमा रहेका र अर्का थरी संघीयता लागु गर्न नदिने चलखेलमा लागेको उनको आरोप थियो । हिजो राजा÷महाराजाहरुको वरीपरी घुम्नेहरु अहिले संविधान कार्यान्वयन हुन नदिन लागि परेको बताए ।

आगामी माघ ७ भित्र तीनै तहको निर्वाचन गर्नुपर्ने संविधानमा व्यवस्था रहेकाले जसरी पनि चुनाव गरी संघीयता सहितको संविधान कार्यान्वयन गर्न आफू लागिरहेको प्रचण्डले उल्लेख गरे । संघीयता मार्फत सिंह दरबारमा केन्द्रीत जनताको अधिकारलाई गाउँ–गाउँमा पु¥याउन संविधान कार्यान्वय गर्नैपर्ने बताए । संघीयता सहितको संविधान ल्याउनमा रोल्पाको महत्वपूर्ण भूमिका रहेका उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अब संविधान कार्यान्वयनमा पनि रोल्पाको महत्वपूर्ण भूमिका आफूले अपेक्षा गरेको बताए ।

रोल्पा जिल्लाको व्यावसायिक कृषि, उद्योग, संस्कृति र पर्यटन क्षेत्रको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखि सुरु भएको प्रथम रोल्पा महोत्सव आगामी फागुन १२ गतेसम्म सञ्चालन हुनेछ । रोल्पा उद्योग वाणिज्य संघद्धारा आयोजित उक्त महोत्सवमा राप्ती अञ्चलका पर्यटन क्षेत्रका चिनारीहरुको प्रस्तुती, विभिन्न सास्कृतिक कार्यक्रम, कृषि तथा पशुपञ्छिको प्रदर्शन, स्थानीय अल्लोबाट तयार गरिएको कपडालगायत स्थानीय उत्पादनका स्टल रहेका छन् ।