काठमाडौँ, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको छ। आज शुक्रबारदेखि सुरु हुने महाधिवेशनको उद्घाटनसत्र स्थानीय भृकुटीमण्डपस्थित सडकमा तथा भृकुटीमण्डपको बगँचामा बन्दसत्रका लागि मञ्च व्यवस्थापनको कार्य पूरा भएको छ। रङ्गीविरङ्गी ध्वजापतकाले समारोहस्थललाई बेहुली जस्तै सिङ्गारिएको छ।

RPPदेश विदेशबाट अहिलेसम्म ९० प्रतिशत प्रतिनिधि आइसकेका छन्। आउन बाँकी रहेका शुक्रबार दिउँसोसम्म आइपुग्ने पार्टीले जनाएको छ। पार्टी प्रवक्ता राजाराम श्रेष्ठका अनुसार वडा, गाउँ, नगर, क्षेत्र हुँदै जिल्ला तथा प्रवासबाट प्रतिनिधि छनोट गरिएको हो। तीन हजार ३१५ प्रतिनिधि छनोट भएका छन्।