रुकुम, ६ फागुन । रुकुम मुरुका एकै गाउँका ४० घरपरिवार व्यावसायिक अलैंचीखेतीमा जुटेका छन् । झण्डै तीन वर्षदेखि उनीहरु व्यावसायिक अलैंचीखेती गर्न थालेका हुन् ।

alichhi

फोटो फाइल

मुरु गाविस वडा नं. २ का ४० घरपरिवारले परम्परागत खेती प्रणाली धान, गहुँ, मकै बाली छोडेर व्यावसायिक रूपमा अलैंचीखेती शुरू गरेको स्थानीयवासी मधु पुनले बताए ।

कम लगानी र परिश्रमबाटै परम्परागत खेती प्रणालीभन्दा अलैंचीखेतीबाट धेरै आम्दानी हुने भएपछि एउटै गाउँका ४० घरपरिवारले झण्डै ५० हेक्टर जमिनमा अलैंची खेती शुरू गरेको स्थानीयहरु बताउछन् ।

खोलाखोल्सा र ओसिलो जग्गामा अलैंची खेतीबाट मनग्ये आम्दानी हुने भएपछि किसानहरू अलैंचीखेतीतर्फ आकर्षित भएको हुन् । ‘खेर गएको जग्गा खोला र खोल्सामा अलैंचीखेती गरेका छौं’, व्यावसायी रेशम पुनले भने । पछिल्लो समयमा यो खेतीबाट एक घरपरिवारले वार्षिक २ लाख ५० हजारभन्दा बढी आम्दानी गर्दै आएका छन् ।

जिल्लाको एक दर्जन गाविसलाई अलैंचीको पकेट क्षेत्र घोषणा गरी अलैंची प्रवद्र्धन गर्ने लक्ष्य रहेको जिल्ला कृषि विकास कार्यालय रुकुमका वरिष्ठ कृषि विकास अधिकृत सहदेवप्रसाद हुमागाईले बताए ।