एजेन्सी, ६ फागुन । पाकिस्तानमा आत्मघाती बम आक्रमणमा परि ७२ जनाको ज्यान गएको त्यहाँका समाचार एजेन्सीहरुले बताएका छन् ।

blastदक्षिण सिन्ध प्रान्तमा भएको आक्रमणमा ४३ जना पुरुष, २० बालबालिका र ९ जना महिलाको ज्यान गएको बताइएको छ । आक्रमणमा दुई सय ५० जना घाइते भएका छन् । आक्रमणमा गम्भीर घाइते भएकाहरुलाई सेनाको हेलिकोप्टरले उद्दार गरी अस्पताल पुर्‍याएको विविसीले जनाएको छ । विद्रोही समूह इस्लामिक स्टेट आइएसले आक्रमण गरेको हुन सक्ने आशंका गरिएको छ ।

प्रधानमन्त्री नवाज शरिफले यो घटनाले आफू विक्षिप्त भएको भन्दै हिंसा मार्फत विभाजित गर्ने वा डराउने मौका नदिने बताएका छन् ।