दाङ, ५ फागुन । बन डढेलो नियन्त्रणका लागि सामुदायिक वन उपभोक्ता महासंघ दाङले जिल्लाब्यापी अभियान थालेको छ । बन डढेलोका कारण बर्षेनी जिल्लाको वन क्षेत्र नोक्सान हुदै आइरहेकोमा त्यसलाई नियन्त्रण गर्न जिल्लाब्यापी अभियान थालिएको वन महासंघ दाङले जनाएको छ ।
वन डढेलो लाग्न नदिनकालागि जिल्लाका १५ वटै इलाका महासंघ मार्फत जिल्लाका ५ सय बढी सामुदायिक वन समुहमा सचेतनामूलक कार्यक्रम थालिएको,वन क्षेत्रमा अग्निरेखा निर्णाण र मर्मत कार्य, वन डढेलो नियन्त्रणकालागि उपभोक्ता तहमा सञ्जाल निर्माण गर्ने लगायतका लगायतका काम थालिएको वन महासंघ दाङका अध्यक्ष अध्यक्ष शोभाकर सापकोटाले जानकारी दिए।
जिल्ला वन कार्यालय दाङसँगको समन्वयमा वन डढेलो रोकथाम अभियानमा सहभागी हुनकालागि १५ हजार बढी सन्देशमूलक पर्चा वन समूहमा पू¥याइएको अध्यक्ष सापकोटाले बताए । समूहतमा सञ्जाल निर्माण गरी उनीहरुलाई सचेतनामूलक काम गर्ने काम भइरहेको छ ।
अभियानका शुरुवात गर्न आज वन वन महासंघले इलाका महासंघका अध्यक्षहरुसँग आज बिहिवार घोराहीमा आयोजना गरेको भेलामा उपस्थित इलाका महासंघका अध्यक्षहरुले समूहतहमा देखिएका सवाल उठाएका छन र ती सवालमा छलफल गरिएको छ । भेलाका सहभागिहरुले जिल्ला वन कार्यालयका कर्मचारीहरुले वन समूहका सवालमा गम्भिर नबनेको गुनासो गरेका छन ।
देउखुरीको नाकाक्षेत्र गोवरडिहा—५ सालभौरीमा रहेको खयरको वन १५ घरधुरीलाई ३१५ हेक्टर वन क्षेत्र हतारहतारमा काठ काट्ने उद्देश्यले हस्तान्तरण गर्ने काम भइरहेको गुनासो इलाका महासंघका अध्यक्षहरुले गरेका छन । जिल्ला वनले योजना तर्जुमा गर्ने क्रममा इलाका स्तर र जिल्ला स्तरमा कुनै वन महासंघका संरचनासँग कुनै पनि समन्वय नगरेको गुनासो गरेका छन ।
वन महासंघ दाङका अध्यक्ष शोभाकर सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बैज्ञानिक वन ब्यवस्थापनका बिषयमा बिस्तृत अध्ययन गरी समूहमा काम गर्ने नगर्ने बिषयमा निर्णय गर्ने, उपभोक्ताहरुलाई आवश्यक वन पैदावार निकाल्नकालागि तत्काल काम अघी बढाउन समूहलाई आवश्यक पहल गर्ने, वन डढेलो नियन्त्रणका लागि थालिएको अभियान लागि प्रभावकारी रुपमा अघी बढाउने, वन समूहको कार्ययोजना परिमार्जनकालागि थालिएको कार्यलाई प्रभावकारी वनाउन खवरदारी गर्ने, वन पैदावारको चोरी तस्करी नियन्त्रणकालागि पहल गर्ने लगायएका निर्णय भेलाले गरेको छ ।
वन महासंघका जिल्ला सचिव हेमराज शर्माले वन ऐनमा संसोधन गरी ल्याएका मुख्य मुख्य सवालका बारेमा भेलामा जानकारी गराएका थिए । वन महासंघका जिल्ला सदस्य भूपेन्द्र सुवेदीको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा वन महासंघका स्थायी समिति सदस्य जानका के.सी, सुनपुर इलाका महासंघका अध्यक्ष दामोदर शर्मा, गढवाका अध्यक्ष लालबहादुर भण्डारी, कालाकाटेका अध्यक्ष नवराज शर्मा, नर्तिका अध्यक्ष हरिप्रसाद भुसाल, सतबरियाका अध्यक्ष पूर्णबहादुर बस्नेत, अम्विकेश्वरीका अध्यक्ष कर्णबहादुर बुढाथोकी, कमिरेचौरका अध्यक्ष डोमाकान्त कवर, मलवारका अध्यक्ष शेरबहादुर केसी, नारायणपुरका अध्यक्ष चन्द्रबहादुर वली, बैवाङका अध्यक्ष ओमबहादुर घर्ति,चिराघाटका अध्यक्ष मेघराज वली,गंगदीका अध्यक्ष खिमप्रसाद पुलामी, पुरन्धाराका अध्यक्ष चुडामणि कडेल, घोराही नगरका अध्यक्ष ऋषिराम चौधरी लगायतकाले आफना विचार राखेको थिए ।





