नवीन अभिलाषी
दाङ, ५ फागुन । दाङको घोराहीमा माघ २७ गते देखि चलिरहेको मध्यपश्चिम ब्यापारिक, सास्कृतिक एवं पर्यटन महोत्सब २०७३ अन्र्तगत विहिबार पनि विभिन्न सास्कृतिक तथा सांगितीक कार्यक्रमहरु भएका छन् । विहिबार पनि विभिन्न कलाकारहरुले प्रस्तुती राखेका छन् भने दर्शकहरुले पनि दिनभर कलाकारहरु संग रमाईलो गरेका छन् ।
नव जागरण नेपालको मुख्य आयोजना र नवलपुर युवा क्लबको सहआयोजनामा माघ २७ गते देखि फागुन ९ गते सम्म आयोजना गरीएको महोत्सबमा विहिबार गायक चन्द्र शर्मा, कृष्ण रेउले लगाएतका कलाकारहरुले प्रस्तुती राखेका थिए भने दिनभर जसो हास्य कलाकार कमल गाउँलेले आफ्ना प्रस्तुतीहरु देखाएका थिए । उद्घोषकको रुपमा रहेका गाउँले महोत्सबको आकर्षणको रुपमा देखिएका छन् । कार्यक्रममा रकस्टार सरस्वती लामाले आफ्ना आधा दर्जन बढि गीतहरु गाएर युवाहरुलाई नचाएकी छिन् । सधै लोक तथा आधुनिक गीतहरु सुन्दै आएका महोत्सबका दर्शकहरुले विहिबार भने गायीका लामाका रक गीतहरु युवाहरुले रुचाएका थिए । यस्तै महोत्ममा दर्शकहरुको उल्लेख्य सहभागिता रहेको कार्यक्रममा गायक प्रेम शर्मा, सलिना गहतराज विसी, टोपेन्द्र विष्ट र मिलन बुढा लगाएतले समेत आफ्ना प्रस्तुती देखाएका थिए ।
नवलपुर स्थित खेलकुद मैदानको स्तारोन्नती तथा विकास गर्ने मुख्य उदेश्यले सञ्चालन भएको महोत्सबमा लागु औषध दुब्र्यसनी न्युनिकरण, ट्राफिक सचेतनाका विभिन्न कार्यक्रमहरु समेत भैरहेका छन । कार्यक्रममा कलाकारहरुले लागु औषध दुब्र्यसनी न्युनिकरण र ट्राफिक सचेतनाका लागि सन्देश समेत बाड्ने गरेका छन । महोत्सबबाट आएको मुनाफाको ५० प्रतिशत खेलकुद मैदानको निर्माणमा खर्च हुने छ । ५० रुपैया प्रबेश शुल्क रहेको महोत्सबमा विद्यार्थीहरुलाई ४० र जेष्ठ नागरीक र अपाङगता भएका ब्यक्तिहरुलाई निशुल्क प्रबेशको ब्यबस्था मिलाईएको छ । व्यवसायीक प्रर्बद्धन, स्थानिय कला संस्कृतिको संरक्षण, खेलकुदको विकास र प्रचारप्रसारको साथै पर्यटकिय सम्पदाहरुको पहिचान, विकास र प्रचारका लागि स्थानिय युवाहरुको सक्रियतामा महोत्सब आयोजना गरीएको हो ।
भोली शुक्रबार कमल खत्री आउने
एक साता भन्दा लामो समय देखि घोराहीको नवलपुरमा चलिरहेको मध्यपश्चिम ब्यापारिक सास्कृतिक तथा पर्यटन महोत्सब २०७३ अन्र्तगत हुदै आएका सास्कृतिक कार्यक्रमका लागि शुक्रबार चर्चितक गायक कमल खत्रि आउने भएका छन् ।
नेपाली आधुनिक र पप गीतको क्षेत्रमा नाम कमाएका युवा पुस्ताले रुचाएका गायक कमल खत्रि आउने महोत्सब मुल आयोजक समिति अन्र्तगत सास्कृतिक उपसमितिका सहसंयोजक सुनिल विसीले जानकारी दिनुभएको छ । यस्तै मोडल कस्मिरा रसाईली, चर्चित गायक कृष्ण रेउले, कमल गाउँले, रोहन वली, सलिना गहतराज विसी, प्रेम शर्मा लगाएतका कलाकारहरुको प्रस्तुती रहने आयोजकले बताएको छ ।
