गोविन्द खड्का
घोराही, ५ फागुन । अघिल्लो बर्ष पहिलो नम्बर ईटाको मुल्य १४ रुपैया भनिएको थियो । यस बर्ष भने १३ रुपैया प्रति गोटामा कारोबार भईरहेको छ । यसलाई ईटा व्यवसायीहरुले धान्न नसकिने खर्चको कारण देखाएका छन् ।

एउटा ईटा तयार गर्न कति रकम खर्च हुन्छ ? दाङ देउखुरी ईटा व्यवसायी समिति घोराहीका कार्यालय प्रमुख भुपेन्द्र भुषालको जवाफ छ साढे ११ देखि १२ रुपैया सम्म लगानी हुन्छ । त्यसो भए ईटा बेचेर फाईदा कति हो त ? भुषालका अनुसार एक रुपैया जति देखिन्छ । प्रमुख भुषालको यति कुरामा पत्याईहाल्न भने सकिदैन । उहाले चित्त बुझाउन त्यसको बेलि विस्तार लाउदै थप्नुभयो । ‘जमिन भाडामा ल्याउने हो । दाउरा, कोईला, काचोईटा निर्माण, भटिभराई, झोकाई, धुलोले पुर्ने (राविस) पाकैपछि निकासी र ग्राहककौ घरै सम्म लग्ने ढुवानीको व्यवस्था सपैमा खर्च छ ।’

bhattaउहाँका अनुसार कोईलाको मुल्य प्रतिकेजिी २६ रुपैयया र दाउराको मुल्य दश रुपैया रहेको पर्ने गरेको छ । भट्टामा एक पटक पोल्दा मात्रै डेढलाख बढि खर्च आउने गरेको छ । त्यसपछि पेश्की दिएर भारतबाट लेबर ल्याउनुपर्छ । काचो ईटा पार्ने बाहेक अरु जनशक्ति भारतीया हो । साटफेर गर्न सजिलो नभएकाले उनिहरुले मागेको दिनुपर्छ । रासनपानीका लागि भएपनि दैनिक खर्च हुन्छ । महिना मरेपछि तलव पाउछौ भनेर मात्रै बाहिरका कामदार चलाउन सकिन्न ।

हरेक बर्ष जसो ईटाका मुल्यमा बृद्धि आएको सुन्दा प्रयोकर्ता भने खुशि देखिदैनन् । ईटा खरीद् गर्नेहरुका आखामा माटो बेचेर व्यवसायीले ठगे भन्ने छ । ‘माटोको डल्लो पनि कति महंगो गराउछौ ? भनेर पटक पटक सुनाउछन् ।’ एक व्यवसायीले भन्नुभयो, कतिलाई त तपाई आफैले बनाएर बेच्नुस कतिमा दिनुहुने रहेछ भन्छु ।’ सुन्दा ठाडो र रुखो लागेपनि भनाईको अर्थ छ । उनिहरुका अनुसार त्यस भन्दा बढि सहनुपर्छ मजदुरहरुको दिन दिनैको गुणासो । मागेको समयमा नपाएपछि कतिपय बेलामा त मजदुरले सुन्नै नसकिने शब्दमा गालि गर्छन् । उनिहरुलाई अलि बढि चर्को संग सुनाए भाग्ने डर हुन्छ । तिनीहरु फर्किए भने अर्को समुह ल्याएर बनाउन सजिलौ छैन । तिनलाई ललाई फकाई गरेरै अन्तिम सम्म काम लिनुपर्छ ।

एक कप चियामा १५ रुपैया खर्च गर्न कठिन छैन । तर घर बनाउने एउटा ईटाको १३ रुपैया तिर्न निकै सकस मान्छन् । यसलाई ईटा व्यवसायीहरु बुझाईको अभाव ठान्छन् । हरेक ग्राहकलाई ईटामा हुने लगानिको हिसाव गर्न आग्रह गर्छन् । लगानी नगरेकाले खर्चको महशुस नभएको होकि भन्ने बुझाई छ । धेरै कुरा चपाउनेहरुलाई तपाईले ईटा बनाएर बेच्नुस भनेर जवाफ दिनुपरेको सुनाए । यसरी रुखो जवाफ दिने बाद्यतामा तोकेरै चन्दा माग्ने, ठगेर खाएका छन् भन्ने कुदृष्टि लगाउनेहरुको कारण रहेको बताए । ठुलो लगानी गरेको असाध्यै मेहनत लाग्ने व्यवसाय भएको उनिहरुको भनाई छ । तर यो कुरा ग्राहकले सजिलै बुझिहाल्ने देखिन्न ।

पटक पटकका बैठकमा लगानीका क्षेत्रका बारेमा छलफल हुने गरेको संघका सदस्य किरण कुमार रेग्मीले जानकारी दिनुभयो । उहाका अनुसार नगद खर्चका अठार वटा खुड्किला पार गरेपछि मात्रै ईटा तयार हुन्छ । त्यसलाई घर सम्मै लग्दीनु पर्छ । सानो पुजि र कमजोर मन भएकालाई हतोत्साहीत बनाउछ । लेबरको पेश्की, कोईला, दाउरा सबै चिजमा अग्रीम भुक्तानि दिनुपर्छ । ईटा तयार हुदा सम्म लगानी डुवि सक्छ । ति अठारवटै खर्चका खड्कीलामा एउटा मात्रै अपुग भएपछि सिंगै व्यवसाय धरापमा पर्छ । दैनिक ईटाउद्योगका सञ्चालक समेत रहनुभएका रेग्मीका अनुसार त्यो जोखिम बाट बचाउन पनि सबैतिर उत्तीकै महत्व दिएर लगानी चाहिन्छ ।

आकस्मिक बर्षातले ईटामा ठुलो नोक्सान गरेपछि अघिल्लो बर्ष फागुनमा मुल्य बढाईएको थियो । घाटा पुर्ण मुल्य समायोजन गरेको बताईएको थियो । उद्योगको काम शुरु गरे देखि सुख्खा भएमात्रै सजिलो छ । आकाशे छानाको भरमा चल्ने भएकाले निकै समवदेनशिल व्यवसाय मानिन्छ । कोईलामा मुल्य बढेको, मजदुरहरुको पारिश्रमीक बढेको मुल्य यथावत रहे सबै उद्योग धरासायी हने समितिको भनाई छ । त्यसलाई मसिनोगरी हिसाव गरेर बुझिदिन उनीहरुले आग्रह गर्छन् ।

यतिबेला बजारमा पहिलो लाई १३, दोश्रोलाई १०, तेस्रो र खञ्जरलाई आठ रुपैया साथै टुक्रालाई टिपको पाच हजार देखि ५५ सय रुपैया सम्म पर्ने गरेको छ । संघका उपाध्यक्ष पुर्णअधिकारीका अनुसार यो मुल्य कुनै विधि बाट नापेपनि महंगो छैन । माताअम्विकेश्वरी ईटा उद्योगका सञ्चालक समेत रहनुभएका अधिकारीका अनुसार एउटा चिया, जेरी र समोसा भन्दा कम लगानी छैन ।

तर ईटाको मुल्य अझै कम छ । त्यहिकारण खर्च धान्न नसकिएर मुल्य घटेरै भएपनि व्यवसायीले ईटा बेचेका हुन् । लगानी अपुग हुदा चाडै रकम आउने वाद्यात्मक उपाए रोजेका हुन् । ‘प्रशस्त पुजि भएकालाई पनि पटक पटक धर्मराउने अबस्था ल्याउने गरेको छ’ उपाध्यक्ष अधिकारीले भन्नुभयो, ‘सानोतिनो लगानीबाट आट्नै सकिन्न । दर्ता गर्ने, राजश्व तिर्ने देखि कामदार खोज्न पनि अग्रिम रकम तिर्नुपर्छ । लगानीभएको रकम तिर्न नसकेर आत्तीएकाले चाडो बेच्नका लागि पनि घटि मुल्यमा दिनुपर्ने अबस्था आएको हो ।’