रोल्पा, ५ फागुन । राजधानीमा आठौं महाधिवेशनको उद्घाटन गरेको विप्लव नेतृत्वको (नेकपा माओवादी) बन्दसत्र रोल्पाको थबाङमा आजदेखि शुरु भएको छ ।

indदिउँसो २ बजेदेखि शुरु भएको बन्दसत्रमा पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने छन् । बन्दसत्र शुरु हुनुभन्दा पहिले आयोजना गरिएको पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकान्त’ले विदेशस्थित विभिन्न ठाउँबाट आएका सुभेच्छुक संघरसंगठनका प्रतिनिधिहरुको शुभकामना मन्तव्यको कार्यक्रम रहेको र त्यसपछि मात्रै महासचिवले राजनीतिक प्रतिवेदन प्रस्तुत हुने जानकारी दिए ।

महासचिवको प्रतिवेदनमाथि टिप्पणी तथा पार्टीको नयाँ विधानका लागि समूह विभाजन गर्ने, शनिबार विधानमाथि छलफल तथा पारित हुने र यसैगरी पार्टीको नयाँ नेतृत्व चयन गरी १० गते महाधिवेशन सक्ने प्रकान्तले बताए । बन्दसत्रमा पार्टीका पोलिटब्यूरो सदस्यहरु, केन्द्रीय सदस्यहरु लगायत देशभरबाट आ सय प्रतिनिधिको सहभागीता छ ।