काठमाडौं, ४ फागुन । प्रमुख राजनीतिक दलहरुबीच तहको निर्वाचन घोषणा गर्ने अन्यौलता काम रहेपनि सरकारले फागुन ८ गतेभित्रै चुनाव घोषणा गर्ने तयारी थालेको छ ।
संविधान संशोधन प्रस्ताव पारित नगरी चुनावमा जान नहुने अडान राख्दै आएका मधेसवादी दलहरु र संविधान संशोधन अगाबै स्थानीय निकायको चुनावमा जानुपर्ने प्रमुख प्रतिपक्षी नेकपा एमालेको अडानको कारण केही अप्ठ्यारो वातावरण सृजना भए पनि प्रधानमन्त्री यही फागुन पहिलो सातमाभित्रै निर्वाचनको मिति घोषणा गर्ने तयारीमा जुटेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यसअघि नै जेठ मसान्तसम्म चुनाव गराउने गरी तयारी अगाडी बढाउन निर्वाचन आयोगलाई पत्र पठाइसकेका छन् । प्रतिपक्ष दल र मधेसवादी दलहरुको सहमतिमै चुनावको मिति तय गर्न सरकारले तयारी गरेको छ ।
नेकपा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले राजनीतिक दलहरुको बीचमा सकारात्मक सकारात्मक छलफल अगाडी बढिरहेकाले अबको कही दिनमै चुनावको घोषणा हुने जानकारी दिइन् ।
