वुटवल, ४ फागुन । कपिलबस्तुमा एक बालिकाको बलात्कारपछि हत्या गरिएको छ । शिवराज नगरपालिका वडा नं. १० चन्द्रौटा प्रगतिटोलकी ६ वर्षीया सीता अधिकारीको बलात्कारपछि हत्या भएको प्रहरीले जनाएको छ ।
गएको सोमवार साँझ ७ बजे घरमा खेल्दै गरेको अवस्थामा एकाएक हराएकी बालिकाको मंगलवार बिहान चन्द्रौटा सशस्त्र प्रहरी गणको पछाडि जवाई खोलामा शव फेला परेको थियो । बालिकालाई बलत्कारपछि हत्या गरेर खोलामा गाडेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
प्रहरी कार्यलय चन्द्रौटले शिवराज १० प्रगतिटोल वस्ने एक १७ वर्षिय युवकलाई प्रक्राउ गरी घटनाको विषयमा अनुसन्धान अघि वढाएको छ ।
